दोलखामा मल-बीउ अभाव

दोलखामा मल-बीउ अभाव

दोलखा : लकडाउनका एक महिनादेखि ढुवानी हुन नसक्दा दोलखाका किसान मल र बीउ नपाएर समस्यामा परेका छन् । हिमाली जिल्ला दोलखामा मकै, गहुँ र तरकारी खेती गर्ने मौसमका बेला मल र बीउ अभाव हुँदा कृषक समस्यामा परेका हुन् ।

लकडाउनका कारण निजी तथा सरकारी कम्पनीले मल, बीउ बिक्री नगरेको र व्यवसायीले ढुवानी गर्न नपाएको कारण जिल्लामा मल बीउको चरम अभाव भएको छ । जिल्लामा कृषि कार्यालय नहुनु, मल, बीउ कारोबार गर्ने सीमित एग्रोभेटले पनि ती सामग्री ढुवानी गर्न नपाउँदा पहाडि जिल्लाको मुख्य खेती गर्ने मौसमका बेला मल, बीउ अभावले कृषकहरु समस्यामा परेका छन् । मकै गोड्ने बेलामा र गहुँको उत्पादन बढाउन युरिया मल हाल्न नपाए उत्पादन घट्ने भीमेश्वर नगरपालिका-४, जिलुका किसान छविन्द्र चौलागाईले चिन्ता व्यक्त गरे ।

जिल्लाको माथिल्लो भूभागमा मकै रोपिसकेका किसानलाई मल अभाव र तल्लो भूभागका किसानले मकैको बीउ नै अभावको समस्या झेलिरहेको थापा एग्रोभेटका प्रोप्राइटर बासु थापाले जानकार दिए । बर्षे आलु गोड्ने बेला भएको छ । किसानले आलु गोड्ने बेलामा मल नपाउँदा उत्पादन घट्ने र लागत समेत नउठ्ने हुँदा दोहोरो मारमा पर्ने भीमेश्वर नगरपालिका–३,  पाखाटोलका किसान शंकर श्रेष्ठले बताए ।

जिल्लामा इजाजत प्राप्त निजी डिपो र सहकारीमार्फत रासायनिक मलको आपूर्ति तथा बिक्री हुने गरेकोमा उनीहरुले पनि करिब एक महिनादेखि ढुवानी गर्न पाएका छैनन् । लकडाउनका कारण खेतीपातीको काम गर्न समस्या भइरहेका बेला मलसमेत नपाउँदा चिन्ता थपिएको किसान बताउँछन् । लकडाउन यथावत् रहेकाले खेतीपाती गर्न र मल तथा बीउबिजनको जोहो गर्न सकिँदैन कि भन्ने चिन्ता किसानहरूमा थपिएको ओली एग्रोभेट चरिकोटका प्रोप्राइटर शान्तिप्रसाद ओली बताउँछन् ।

तत्कालीन कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा करिब तीनहजार टन रासायनिक मल खपत हुने गरेको थियो । विशेषत जिल्लामा युरिया, डीएपी र पोटास मलको प्रयोग हुने गरेको पाइएको छ । जिल्लाको लागि आवश्यक धानको बीउको मौज्दात शून्य जस्तै रहेको विभिन्न स्थानीय तहहरुले जनाएको छन् । २१९१ वर्ग किलोमिटर क्षेत्रफल रहेको दोलखाको २६ दशमलब ४५ प्रतिशत क्षेत्रफलमा कृषि खेती हुने गरेको तथ्याङ्क पाइन्छ ।

बीउ नपाएर किसानले बाँझो राखेको भीमेश्वर नगरपालिका २, न्यागलको जमिन । .
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.