कालिकोटमा गाउँमै उत्पादन भएका खाद्यान्नको राहत

कालिकोटमा गाउँमै उत्पादन भएका खाद्यान्नको राहत

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकाले आयातित खाद्यान्नलाई विस्थापित गरी स्थानीय स्तरमै उत्पादन गरिएको मकै खरिद गरेर विपन्न नागरिकलाई राहत वितरण गरेको छ । ज्याला मजदुरी र अति विपन्नलाई दैनिक हातमुख जोर्न समस्या परेको गुनासो आएपछि गाँउपालिकाले स्थानीय स्तरमै उत्पादित अन्न खरीद गरी राहत वितरण गरेको हो । 

पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले गाँउपालिकाको निर्णय अनुसार स्थानीयबाली मकै खरीद गरी विभिन्न वडाका ४५ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए । 
सेजुवालका अनुसार गाँउपालिका वडा नं १ मा १५ परिवार, वडा नं. २ मा १८ परिवार र वडा नं. ४ मा १२ परिवारलाई गाँउमै उत्पादिन मकै किनेर २०∕२० पाथीका दरले राहत वितरण गरिएको छ । 

मकै प्रशस्त उत्पादन भए पनि पशुलाई खुवाउन र जाँड–रक्सी बनाउन प्रयोग गर्ने गरिन्छ । स्थानीय रुपमा उत्पादिन अन्न अन्य प्रयोजनमा खेर जाने, तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने अवस्थालाई निरुत्साहित गर्न गाँउमै उत्पादिन मकै राहत दिने निर्णय गरिएको अध्यक्ष सेजुवालले बताए । 
‘गाँउपालिकाका ९ वटै वडा वडाको कसको घरमा कति अन्नहरु बिक्रि गर्न सकिने अवस्थाको छ भन्ने बिषयमा सूचनना संकलन गरिरहेका छौँ । गाँउमा किसानले उत्पादन गरेको मकै, कोदो, गहुँ जस्ता अन्नबालीहरु कुहिने र बजारको चामल वितरण गरेर नागरिकको स्वास्थ्य पनि कमजोर बनाउनु उपयुक्त होइन,’ अध्यक्ष सेजुवालले भने ,‘कुनै वडामा अपुग भए अर्को वडाबाट लिएर पनि सबैलाई समस्याबाट मुक्त बनाउछौँ ।’

पालिकामा बसेको बिपत व्यवस्थापन समितिको बैठकले हरेक वडामा किसानले उत्पादन गरेको कोदो, मकै, गहुँजस्ता रैथाने बाली सम्बन्धित वडाले खरीद गर्ने र जुन वडामा खरीद हुन्छ सोही वडाकै विपन्न परिवारलाई राहत दिने अभियान सुरु गर्ने निर्णय गरेको छ । हालसम्म तीन वडाले खाद्यान्न वितरण गरेको छ भने अन्य वडाले पनि खाद्यान्न खरीद गर्दै विपन्न परिवारलाई वितरण गर्ने तयारी गरेको छ ।  

गाँउपालिकाकी उपाध्यक्ष तारा न्यौपानेका अनुसार गाँउमा आफ्नो घरको अन्नबाली थाती राखेर बजारबाट चामल खरीद गरी भात खाने चलन छ । गाँउमै फल्ने कोदो, मकै जस्ता अन्नबाली भने बिक्री नभएर वर्षेनी खच्चर तथा अन्य गाईवस्तुलाई खुवाउने चलन छ । सिंचाईको सुविधा नहुँदा गाँउमा खेतभन्दा बढी पाखो जमिन भएकाले धान उत्पादन कम छ । अन्य अन्नबाली भने बढी उत्पादन हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.