कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा ५ लाख दिइने

कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा ५ लाख दिइने

दैलेख : दैलेखको आठबीस नगरपालिकाले कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा ५ लाख रुपैयाँ आर्थिक सहायता दिने निणर्य गरेको छ । नगरपालिकाले लकडाउन अवधीभर करारमा कार्यरत स्वास्थ्यकर्मी बिरामी परे ५० प्रतिशत उपचार खर्च बेहोर्ने तथा मृत्यु भएमा एकमुष्ठ पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निणर्य गरेको हो । 

नगर कार्यपालिकाको बैठकले उक्त निर्णय लिएको आठबीस नगरका मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

साथै नगरपालिका अन्तरगतका सबै स्वास्थ्यकर्मीलाई लकडाउन अवधिभर अतिरिक्त सेवासुविधा पनि उपलब्ध गराउने मेयर उपाध्यायले बताए । उनका अनुसार अन्य सेवासूविधाका अतिरिक्त स्थायी कर्मचारीको हकमा कार्यरतलाई सुरुवाती तलब स्केलको ५० प्रतिशत र करारमा कार्यरत कर्मचारीको हकमा सम्झौतामा उल्लेख तलबमानको ५० प्रतिशत रकम प्रोत्साहन स्वरुप मासिक रुपमा उपलब्ध गराइने छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.