धनगढीमा ५० शैयाको 'कोरोना वार्ड' बन्दै

धनगढीमा ५० शैयाको 'कोरोना वार्ड' बन्दै

धनगढी : धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको 'कोरोना वार्ड' निर्माण सुरु गरेको छ । धनगढी उपमहानगरपालिका-१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा वार्ड निर्माण भइरहेको हो ।

भवनमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन शैया निर्माण हुने छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुर महाकाली अस्पताललाई ५०÷५० शैयाको छुट्टै कोरोना वार्ड निर्माणका लागि एक-एक करोड अख्तियारी दिएको छ ।

'कोरोना संक्रमितका लागि अलग्गै वार्डका आवश्कता भयो, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने,' 'त्यसैअनुसार वार्ड निर्माण भइरहेका हो ।' अहिले प्रदेशको एकमात्र रिफरल प्रादेशिक अस्पताल सेतीमा कोरोनाका बिरामीको उपचार भइरहेको छ । सेतीलाई कोरोनाका बिरामीलाई उपचार गर्ने सुरु गरे पछि अन्य सेवा प्रभावित भएका छन् । 

सेती प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालन हुने गरी कोरोनाका बिरामी उपचारका लागि छुट्टै वार्ड निर्माण भइरहेको हो । वार्डको भवन निर्माणका लागि किनारा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडसँग ९४ लाख रुपैयाँमा एक महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

'एक महिनाभित्र वार्ड निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ, उनले भने, 'प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले जतिसक्दो चाँडो निर्माणकार्यलाई अझै तीव्रता दिइएको छ ।'वार्ड निर्माणमा ४० जना कामदार खटिएका छन्। निर्माणको जिम्मा पाएका रोइत रानाले भने, 'एक महिना सक्ने म्याद छ, २५÷२६ दिनमै सक्ने गरी काम भइरहेको छ ।'

वार्ड स्वास्थ्य कार्यालयको लागत अनुमान अनुसार निर्माण भइरहेको छ । नयाँ निर्माण हुने ५० शैयाको वार्डको भवन प्रि-फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको छ ।यस्तै ५० शैयाको छुट्टै कोरोना वार्ड निर्माणका लागि एक करोडको अख्तियारी पाएको कञ्चनपुरको महाकाली अस्पतालमा भने सम्झौता मात्र हुन बाँकी  छ ।

कञ्चनपुर महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा छ । उनले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताए । सुदूरपश्चिमका हालसम्म पाँचजना कोरोना संक्रमित देखिएका छन् । ५ जनामध्ये एकजनाको दोस्रो रिपोर्ट 'नेगेटिभ' आएर आइतबार (आज)डिस्चार्ज हुँदै छन्। अन्यको ४ जना उपचारत छन्। तिनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.