किरिया बसेका बासुदेवले आमा बितेको ६ दिनपछि नेपाल छिर्न पाए

किरिया बसेका बासुदेवले आमा बितेको ६ दिनपछि नेपाल छिर्न पाए

दार्चुला : भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्ट ६ दिनपछि नेपाल फर्किएका छन् । आइतबार दिउँसो १:३० बजे दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१ जोग्यौडा घर भएका बासुदेव भट्टलाई नेपाल प्रवेश दिइएको हो ।

आरडीटीका लागि जिल्ला अस्पताल ल्याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले बताए। उनले भने,' भट्टलाई घरसम्म पुर्‍याउन शैल्यशिखर नगरपालिकाको एम्बुलेन्सको व्यवस्था गरिएको छ।'

आइडिटी जाँचपछि उनलाई होम क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतीय प्रशासनको समन्वयमा भट्टको उद्धार भएको हो । बासुदेवलाई आमाको किरियाका लागि घर ल्याउन पहल गरिदिन शैल्यशिखर नगरपालिका वडा नम्बर १ को कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस समेत पठाएको थियो ।

गत गत मंगलबार उनकी आमा गौमती भट्टको मृत्यु भएको थियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण उनी भारतीय क्वारेन्टीनमै आमाको किरियामा बसेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.