रामग्राम नगरपालिकाले राहतमा दिएको चामल ‘न्यून गुणस्तर’प्रमाणित

रामग्राम नगरपालिकाले राहतमा दिएको चामल ‘न्यून गुणस्तर’प्रमाणित

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा वितरण गरेको चामल न्यून गुणस्तर भएको प्रमाणित भएको छ । चामल नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको र तौलमा समेत कमी भएको पाइएपछि कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको नमूना परीक्षणमा चामल न्यून गुणस्तर र नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको पाइएको कार्यालयका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले जानकारी दिए ।  
 

 राहतका नाउँमा गरिबलाई गन्हाएको चामल दिएको भन्दै गत शुक्रबार केही वडाका विपन्नले खाद्यन्न सामाग्री नगरपालिकाको गेट अगाडि फालिदिएका थिए । राहत चामल छानविन गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले तत्काल प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेर पठाएका थिए । 

जिल्ला स्तरीय छानविन समितिसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले छानविन सुरु गरेका थिए । त्यस क्रममा ३ सय ७० ग्रामसम्म तौलमा कमी पाइएको गुणस्तर तथा नाप तौल कार्यालयका खाद्य निरीक्षक नुरुल ऐन भाटले बताए । ‘प्रयोगशालामा नमूना परीक्षण गर्दा न्यून गुणस्तर पाइयो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा पनि कमसल पाइएकाले अब कारवाही प्रकृया अघि बढ्छ',  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक ढुंगानाले भने । न्यून गुणस्तर भएको चामलमा क्यालोरी नहुने उनले बताए ।

क–कसलाई कारवाही हुन्छ भन्ने प्रश्नमा उनले भने,‘अनुसन्धान भइरहेको छ । यसबारे भन्न मिल्दैन । पछि थाहा पाउनुहुन्छ ।’ तौल कमबारे सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर हुने गुणस्तर तथा नाप तौल कार्यालयका खाद्य निरीक्षक भाटले बताए । 

नगरपालिकाले वडा कार्यालयमार्फत विपन्न परिवारको संख्याका आधारमा ५, १० र १५ केजी चामल, आधा लिटर तेल, एक केजी दालका दरले वितरण गरेको थियो ।  खाद्य वस्तुको गुणस्तर कम भए अधिकतम् ५० हजार जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । त्यसैगरी नापतौलमा लापरबाही भएको पाइएमा ३० हजार जरिवाना र ३ वर्ष कैद सजाय हुने प्रावधान रहेको छ ।   
  
नगरपालिकाका २३ सय घरधुरीलाई राहत वितरण गर्न परासीस्थित राजेश राईल मिलबाट नगरपालिकाले २ सय ५० क्विन्टल सोना मनसुली(मोटा) चामल १० लाखमा खरिद गरेको थियो । राहत चामल न्यून गुणस्तर भएको प्रमाणित भएपछि नगरपालिकाले नयाँ खरिद प्रकृया अघि बढाएर मसिनो स्टिम चामल वितरण गर्ने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.