अमेरिकाबाट तत्काल नेपाल फर्किंन पाउँ भन्ने २०० बढी

अमेरिकाबाट तत्काल नेपाल फर्किंन पाउँ भन्ने २०० बढी

अमेरिका : कोरोना भाइरस संक्रमणका कारण अमेरिकामै रोकिएर नेपाल फर्किन पाउनु पर्ने माग राख्ने नेपालीहरुको संख्या दुई सय पुगेको छ । पोखरामा प्रधानकार्यलय रहेको बतास अर्गनाइजेशनले अहिले विभिन्न भिषामा अमेरिका आई यहीँ रोकिएका नेपालीहरुको तथ्याङ्क संकलन गरिरहेको छ । बतास अर्गनाइजेशनका अनुसार यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या २ सय नाधेको छ । 

अमेरिकामा रोकिएका नेपाली नागरिकले तत्कालै देश फर्किन पाउनुपर्ने माग राख्दै नेपाल सरकारसँग आग्रह गरिरहेका छन् । उनीहरुले अमेरिकामा रहेको राजदूतावासमा आफूहरुले पटक–पटक सम्पर्क गर्ने कोसिस गरेको तर चित्तबुझ्दो जवाफ नआएको गुनासो गरेका छन्। 

यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्ने नेपालीहरुले खर्च सकिन लागेको, बसाई असहज हुँदै गएको, नेपालमा परिवारका सदस्यलाई हेरचाह गर्नुपर्ने लगायतका समस्या लेखेका छन् । उनीहरुले राजदूतावासमार्फत नेपाल सरकारलाई पहल थाल्न आग्रह गरेका छन् ।

नेपाली नागरिक कुलबहादुर केसीले तत्काल नेपाल फर्किन पाउने आशा राख्दै लेख्छन्, ‘महामहिम ज्यू म यती बेला अमेरिकाको ओहायो राज्यमा छु, म नेपाल फर्किन चाहन्छु के मेरो सरकारले मलाई मेरो देश फर्काउन पहल गर्छ ?’ 

यस्तै अर्का नेपाली नागरिक बलराम शोभा बिष्ट लेख्छन्, ‘अमेरिकाको अत्यासलाग्दो बसाइले हामी अताल्लिएका छौं, सरकारले भनेका ेसबै प्रकृया पूरा गरी नेपाल पुगेर क्वारेन्टाइनमा पनि बस्छौं, तर हामी नेपाल फर्किन चाहन्छौं।’ यसैगरी दुर्गा पालिखे श्रेष्ठले आफ्ना श्रीमान बिरामी रहेको र आफू नेपाल फर्किनुपर्ने बाध्यता रहेको जनाएकी छिन्।

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले सरकारले आफ्ना नागरिक देश फर्काउन पहल थाल्न आग्रह गरेका छन् । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुले सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टर विमानमा, नत्र कर्मशियल विमानमा भएपनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् । 

अन्र्तराष्ट्रिय एयरलाइन्स कम्पनीहरुले उडान भर्नु अगाडि सबै यात्रुहरुको रगत परीक्षण गरेर उडान भर्न सकिने बताएका छन् । इमिरेस्ट्सले गत बुधबार यात्रुको रगत परीक्षण गरेर दुबईबाट ट्यूनेसियाको उडान भरिसकेको उल्लेख गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.