मरिच आयात खोल्न सरकार सहमत

मरिच आयात खोल्न सरकार सहमत

काठमाडौं : सरकारले मरिचको आयातमा लगाएको पूर्ण प्रतिबन्ध फुकाउने तयारी गरेको छ। लकडाउनपछि सरकारले मदिरा, मरिच, छोकरा, केराउ तथा ५० हजार अमेरिकी डलरमाथिको सवारी आयात प्रतिबन्ध गरेको थियो। तर, मरिचलाई औद्योगिक कच्चापदार्थको रूपमा प्रयोग गर्ने उद्योग समस्यामा पर्ने गुनासो बढेपछि आयात खोल्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको छ।

औद्योगिक कच्चा पदार्थको रूपमा मरिचको प्रयोग गर्ने उद्योगको विवरण खोजी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। डाबर नेपाल प्रालि, दुगड स्पाइसेजलगायत विभिन्न उद्योगले खाद्यान्न, मसला तथा आयुर्वेदिक उत्पादनमा मरिचको प्रयोग गर्छन्।

अर्थले चालु आर्थिक वर्षका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ (मरिच) को परिमाण यकिन गरी सिफारिससहित प्रस्ताव पठाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेको छ। आवश्यकताअनुसार परिमाण निर्धारण गरी आयात खुल्नेछ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मुद्रा बाहिरिन रोक्न र तस्करी नियन्त्रणका लागि चैत १६ मा मन्त्रिपरिषद्ले नधुल्याएको मरिचको आयातमा अर्को सूचना नभएसम्मका लागि पूर्ण बन्देज लगायो। त्यसको प्रत्यक्ष प्रभाव निर्यातजन्य उद्योगमा परेको छ।

राजस्व दरबन्दी न्यून राखेपछि तेस्रो मुलुकबाट ठूलो परिमाणमा मरिच आयात गरी भारततर्फ तस्करी हुने गरेको छ।तराईका सीमावर्ती क्षेत्रमा विशेष गरी मरिच, केराउ र छोकडा तस्करी हुन्छ। भारतमा ती सामान महँगोमा बिक्री हुने भएकाले तेस्रो मुलुकबाट आयात गरी भारतमा तस्करी हुने गरेको छ।

तर, उद्योगले उत्पादन गर्ने विभिन्न खाद्य, आयुर्वेदिक औषधिलगायत वस्तुका लागि चाहिने कच्चा पदार्थमध्ये मरिच एक प्रमुख कच्चा पदार्थ हो।

मुलुकको एक प्रमुखी निकासी उद्योग डाबर नेपालको तथ्यांकअनुसार वर्षभरीमा मरिचको खपत १००५.५९ मेट्रिक टन छ भने करिब ९४०.४० मेट्रिक टन मरिच निकासीमूलक वस्तुका लागि खपत हुने गरेको छ। त्यसरी खपत हुने मरिच बन्डेड सुविधामा विदेशबाट आयात गर्दै आएका छन्। मरिच स्वदेशी स्रोत नभई विदेशी स्रोत भएको कच्चा पदार्थ भएकाले यस उद्योगले आफ्ना उत्पादनका लागि आवश्यक मरिच विशेष गरी तेस्रो मुलुकबाट आयात गर्दै आएको छ। नेपालमा बढी मात्रामा मरिच भियतनामबाट आउने गरेको छ।

भन्सार विभागअनुसार चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब १३ करोड रुपैयाँ बराबरको मरिच आयात भएको छ। गत आवको सोही अवधिमा ८७ करोड रुपैयाँ मात्रै आयात भएको थियो। २०७४÷७५ मा ७९ करोड रुपैयाँ आयात भएको थियो। यसले मरिचको आयात बढेको स्पष्ट देखिन्छ।

पूर्ण बन्देज लगाएपछि उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ मरिचको अभाव हुन गई उद्योगको मुख्य उत्पादन नै बन्द हुन सक्ने अवस्था सिर्जना भएको उद्योगी बताउँछन्। बन्डेड सुविधा लिएका निकासीमूलक उद्योगका लागि महत्वपूर्ण कच्चा पदार्थको रूपमा प्रयोग हुने मरिचमा बन्देज लगाउन नहुने उनीहरू बताउँछन्।

डाबर नेपालले कुल उत्पादनको करिब ६० प्रतिशत निकासी गरी विदेशी मुद्रा आर्जन गर्दै आएको छ। उद्योग कच्चा पदार्थको रूपमा मरिच खरिद गरी त्यसमा मूल्य अभिवृद्घि गरि विभिन्न वस्तु उत्पादन गरी विदेशमा समेत निर्यात गरिरहेको छ। डाबर नेपालले मरिचबाट लालदन्त मञ्जन, च्यवनप्रास, हाजमोला उत्पादन गरिरहेको छ। यसको आन्तरिक खपत वार्षिक ६५ मेट्रिक टन छ भने एक अर्ब २० करोड बिक्री हुने गरेको छ।

त्यस्तै मरिच प्रयोग गरि उत्पादित मञ्जन ९ सय ४० टन निर्यात हुने गरेको छ। निर्याततर्फको वार्षिक बिक्री एक अर्ब ६३ करोड रुपैयाँ ६३ करोड रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.