कालीकोटमा प्रथम चरणको कोरोना जाँच सकियो, ३ सय १० जनाको परीक्षण, सबैको रिपोर्ट 'निगेटिभ'

कालीकोटमा प्रथम चरणको कोरोना जाँच सकियो, ३ सय १० जनाको परीक्षण, सबैको रिपोर्ट 'निगेटिभ'

कालिकोट : जिल्लामा कोरोना भाइरस संक्रमितको जाँच पहिलो चरण सकिएको छ । कोरोना संक्रमितको खोजीमा गाउँ गएको स्वास्थ्यकर्मीको टोली जिल्ला फर्किएको छ । भारतलगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको पहिलो चरणको र्‍यापिड टेस्ट सम्पन्न गरी जिल्ला फर्किएको हो ।

टोलीले सोमबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार पहिरो चरण जिल्लाका ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

ती सबैजनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनले भने, 'जिल्लाको खाँडाचक्र नगरपालिकामा ५४, शुभकालिका गाउँपालिकामा ३०, सान्नीत्रिवेणी गाउँपालिकामा ४१, रास्कोट नगरपालिकामा २६, पलाँता गाउँपालिकामा १२, पचालझरना गाउँपालिकामा १३, नरहरीनाथ गाउँपालिकामा ३५, तिलागुफा नगरपालिकामा १७ र महाँवै गाउँपालिकामा ८२ गरी ३ सय १० जनाको र्‍यापिड टेस्ट गरिएको हो । 

महाँवै गाउँपालिकाबाट दुईजना शंखास्पदको स्वाब संकलन गरी जाँचका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । भारतबाट आएका ती व्यक्तिमा सुख्खा खोकी लागिरहेकाले उनीहरुको थप जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको हो ।  

स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका र गाउँमा घरमै बसेका तर विदेशबाट फर्किएका नागरिकको र्‍यापिड टेस्ट गर्ने अभियान पहिलो चरण सम्पन्न भएको छ ।

गाउँमा विदेशबाट फर्किएका व्यक्तिको थप तथ्यांक संकलन भइरहेको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले भने, 'सबै स्थानीय तहमा छुटफुट तथ्यांक संकलन भएपछि एक हप्तापछि फेरी दोस्रो चरणको र्‍यापिड टेस्ट अभियान सुरु गर्छौँ। स्थानीय तहले उपलब्ध गराएको तथ्यांकअनुसार पुन: जाँच गरिन्छ।'
 
 जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले विदेशबाट आएका नागरिकलाई लक्षित गरी र्‍यापिड टेस्ट गर्ने पहिलो चरणको काम समयमै सम्पन्न भएको बताए । उनले भने, 'गत चैत ७ गते यता भारतबाट फर्किएका ३ सय ३५ जना नागरिकको नाम लिष्ट प्राप्त भएको थियो । त्यसमा ३ सय १० जनाको जाँच भइसकेको छ । 

छुटेका व्यक्ति र थप तथ्यांक स्थानीय तहबाट प्राप्त भएपछि पुन परीक्षण गर्ने तयारी छ । गाउँमा केही संख्या छुटेको अनुमान छ । सबै स्थानीय तहलाई पुन गाउँ सर्वक्षण गरी थप विवरण उपलब्ध गराउन पत्रचार गरिएको छ । नयाँ तथ्यांक संकलन गर्ने कार्य जारी छ ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्लाका ९ वटै स्थानीय तहले गरी ४ सय ४४ बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । सरकारले लकडाउन गरेपछि यहाँका मान्छेले पहिले पैदल हिँड्ने बाटोको प्रयोग गरी गाउँ फर्किएकाले गाउँमा कोरोनाको त्रास बढी छ । हालसम्म २ सय जना व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । हाल जिल्लामा ३२ जना विदेशबाट फकिएका व्यक्ति क्वारेन्टाइनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.