दाङमा क्यारेन्टाइन : कतै सुविधा सम्पन्न, कतै अस्तव्यस्त

दाङमा क्यारेन्टाइन : कतै सुविधा सम्पन्न, कतै अस्तव्यस्त

दाङ : दाङमा कोरोना रोकथामका लागि सञ्चालन भएका कोरोना कोरोना क्यारेन्टाइन कतै सुविधा सम्पन्न त कतै अस्तव्यस्त रहेको पाइएको छ।स्थानीय सरकार, समुदाय, प्रदेश सरकारले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा यस्तो अवस्था देखिएको हो । 

जिल्लाका सबै स्थानीय तहले क्यारेनटाइन सञ्चालन गरेका छन् भने केही समुदायस्तरबाट समेत सामुदायिक क्यारेन्टाइन सञ्चालन गरिएको छ । त्यस्तै प्रदेश सरकारले कोराना विशेष अस्पताल निर्माण गरेर आइसोलेसन कक्ष व्यवस्थापन गरेको छ । स्थानीय सरकारले सञ्चालन गरेका क्यारेन्टाइन अधिकांश सरकारी मापदण्ड अनुसार छैन । फितलो व्यवस्थापनले अस्तव्यस्त रहेको पाइएका छन् ।

कति स्थानीय सरकारले सञ्‍चालन गरेका क्यारेन्‍टाइन भने व्यवस्थित आधुनिक र सुविधा सम्पन्न अवस्थाका छन् । सरकारी मापदण्ड अनुसारका क्यारेन्टाइन सञ्‍चालन भएको र क्यारेन्टाइन सञ्‍चालनका लागि विभिन्न निकायको समेत सहयोग रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फोकलपर्सन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । 

कतिपय स्थानीय तहका स्वास्थ्य शाखाले देशबाहिरबाट आएकालाई र होम क्यारेन्टाइनमा बसेकालाई घरमै पुगेर परामर्स समेत दिने गरेका छन्।  घर समाज र व्यक्तिलाई सुरक्षित रहन र सकारात्मक सन्देश प्रवाह गर्न घरघर पुगेर परामर्स दिइराखिएको स्वास्थ्य कर्मीहरुले बताएका छन्।

जिल्लामा सामुदायिक क्यारेन्टाइन पनि सञ्चालनमा छन् । ती क्यारेनटाइनमा पनि स्थानीय सरकार र समुदायको सहयोग रहि रहेको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए।  सामुदायिक क्यारेन्टाइनमा बसेकाले भने घरबाटै सबै व्यवस्थापन भएको भन्दै स्थानीय सरकारले नहेरेको बताएका छन्। दाङमा ८४ जना क्यारेन्टाइनमा रहेका छन्। ४ जना आइसोलेसनमा रहेका छन्। जिल्लामा १६६ आइसोलेसन बेड  र २७३ क्यारेन्टाइन बेड रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.