लकडाउनमा 'सरप्राइज' प्रगति गर्दै माथिल्लो तामाकोशी

लकडाउनमा 'सरप्राइज' प्रगति गर्दै माथिल्लो तामाकोशी

चरिकोट : लकडाउनले विभिन्न आयोजनाको निर्माणमा नकारात्मक असर परिरहेका बेला राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भने 'सरप्राइज' प्रगति गरिरहेको छ । लकडाउनपछि स्थानीयको अल्टिमेटमले ६ दिन रोकिएर सरकारको निर्णयपछि काम सूचारु भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाले करिब २० दिनमा 'सरप्राइज' हुने खालको प्रगति गरेको हो । 

लकडाउनअघि २ महिना लाग्ने गरेको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने कार्य २० दिनमा सम्पन्न हुँदा आयोजनाका कर्मचारी नै 'आश्चर्य' मा परेका छन् । पछिल्लो २० दिनको अवधिमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो ठाडो सुरुङमा ५० मिटर र अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले तल्लो ठाडो सुरुङमा ४० मिटर पेनस्टक पाइप जडान गर्न सफल भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाको सबैभन्दा कठिन र जोखिमपूर्ण रहेको दुबै ठाडो सुरुङमा लकडाउन अघि ९ दिन लाग्ने गरेको पाइप जडान कार्य करिब ४ दिनमा सम्पन्न हुनुलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । दोलखाको विगु गाउँपालिका-१, लामाबगरमा आयोजना निर्माणाधिन रहेको छ । साढे ९९ सय प्रतिशत निर्माण सम्पन्न भईसकेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको सबैभन्दा कठिन मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यको पछिल्लो प्रगतिलाई प्रवक्ता न्यौपानेले 'सरप्राइज' भनेको छन् । 

शनिबार रातीसम्म ३७३ मिटरको तल्लो ठाडो सुरुङमा ३१० मिटर सम्पन्न भएर करिब ६५ मिटर बाँकी रहेको छ भने ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा २०० मिटर सम्पन्न भई ११० मिटर पेनस्टक पाइप जडान बाँकी रहेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए । पेनस्टक जडान कार्य जति माथि आयो त्यति मोटाई कम हुँदै जाने भएकोले झन छिटो जडान हुने उनले बताए ।

बाँध, सुरुङ र पावरहाउसमा गरी करिब ६ सय मजदुरलाई बाहिरी मानिस तथा स्थनीयसँगको आवतजावत र भेटघाटलाई प्रतिवन्ध लगाइएको आयोजनाले जनाएको छ। मजदुरले पनि घर जान र बाहिरी मान्छेसँग भेटघाट गर्न नपाएपछि उच्च मनोबलका साथ काम गरिरहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.