पैदल यात्रुलाई सीमा पार गराउँदै थाक्रे गाउँपालिका

पैदल यात्रुलाई सीमा पार गराउँदै थाक्रे गाउँपालिका

थाक्रे (धादिङ) : लकडाउनका कारण हिँडेर आफ्नो आफ्नो गृह जिल्ला जान लागेका यात्रुलाई धादिङको थाक्रे गाउँपालिकाले आफ्नै सवारी साधनमा राखेर पालिकाको सीमान कटाइदिने गरेको छ । लकडाउन लम्बिंदै जाँदा काठमाडौं उपत्यका छाडेर पृथ्वीराजमार्ग हुँदै देशका विभिन्न जिल्ला जाने मजदुरहरुको सङ्ख्या बढ्न थालेपछि गाउँपालिकाले यस्तो उपाय अपनाएको हो ।

पसिना बगाउँदै बालबच्चा र पोकापुन्तुरा भिरेका मजदुरहरुको कष्टपूर्ण यात्रा देखेर गाउँपालिकाले गाडीमा राखेर राजमार्गको सीमाना कटाइदिने गरेको हो । राजधानीमा सामान ढुवानी गरेर फर्केका सवारी साधन फेला परेसम्म जहासम्म पठाउन मिल्छ त्यहीसम्मै पठाउने गाउँपालिकाकी उपाध्यक्ष अम्विका रुपाखेतीले बताइन् ।

उनले भनिन्, ‘लकडाउन भनेको आफ्नो पालिकाभित्रको नागरिकलाई घरभित्रै राख्नु मात्रै होइन । देशका अन्य ठाउँका नागरिकलाई हाम्रो पालिकाभित्र सडकमा हिँड्न दिइरहनु पनि लकडाउन होइन, उनीहरुको बाध्यता र समस्या बुझेर गाडीमा चढाएर हामीले गाउँपालिकाको सीमाना कटाइदिने गरेका छौँ ।’ 

राजधानीबाट बाहिरिने पैदल यात्रुहरुलाई मात्र नभइ राजधानी भित्रिने यात्रुहरुलाई पनि त्यसरी नै उद्धार गर्ने गरिएको छ । यसअघि गाउँपालिकाले सबैभन्दा पहिले पृथ्वीराजमार्गका पैदल यात्रुहरुको लागि खाजा र पानीको ब्यवस्था गरेको थियो । अहिले भने नौविसे, गजुरी, आदमघाट र मलेखु चरौदी लगायतका क्षेत्रहरुमा स्वयंसेवी युवाहरुले पैदल घर फर्किनेहरुको लागि खाजा पानी र खानाको ब्यवस्था गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.