गुल्मीको शान्तिपुरमा आगलागी : एकको मृत्यु, तीन घाइते

गुल्मीको शान्तिपुरमा आगलागी : एकको मृत्यु, तीन घाइते

गुल्मी : जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित बसपार्कमा रहेको एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो किराना पसलमा लागेको आगलागीमा परी खनाल स्टोर्सका सञ्चालक पूर्णबहादुर खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो । आगलागीमा परी एकै परिवारका तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेमा ४५ वर्षीय पूर्णबहादुर खनाल, उनकी श्रीमती ४२ वर्षीया रुपा खनाल र उनका छोरा २१ वर्षीय सञ्जय खनाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । घाइतेलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । 

पसलबाट डिजेल, पेट्रोल बिक्री गर्दै आएकाले आगलागी तत्काल नियन्त्रणमा लिन नसक्दा पसलको सामन जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.