अलपत्र परेकालाई उद्दार गरी क्वारेन्टाइनमा

अलपत्र परेकालाई उद्दार गरी क्वारेन्टाइनमा

सुर्खेत : लकडाउनका कारण बाटोमै अलपत्र परेका नागरिकको उद्दार गरिएको छ । लकडाउन लम्बिएपछि देशका विभिन्न स्थानबाट कर्णाली भित्रिनेहरुलाई उद्दार गरी प्रदेश सरकारले क्वारेन्टाइनमा राखेको हो । खान र बस्न समस्या भएपछि देशका विभिन्न स्थानबाट पैदल हिँडेर आएकाहरुको उद्दार गरिएको हो ।

 
मजदुरीका लागि विभिन्न स्थानमा गएका कर्णालीबासीहरु यतिबेला घर फिर्ता हुँदैछन् । उनीहरु हप्तादिन लगाएर पैदल हिँडेर कर्णाली र प्रदेश नम्बर ५ को सिमाना बबई नाकासम्म आएका हुन् । बबईमा रोकिएका उनीहरुलाई सम्बन्धि स्थानीय तह र प्रदेश सरकारले उद्दार गरिरहेका छन् । उद्दार गरेर ल्याइएका उनीहरुलाई वीरेन्द्रनगरको खुलामञ्चमा रहेको क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाइनमा राखिएका उनीहरु सरकारले तोकेको अवधिसम्म त्यहाँ बस्नेछन् । 

खुलामञ्चको क्वारेन्टाइनमा दुई सय पाँच जनालाई राखिएको छ । पछिल्लो समय देशका विभिन्न स्थानबाट कर्णालीबासीहरु भित्रिन थालेका हुन् । आफ्नै जन्मभूमिमा मरौला भनेर पैदल हिँडेर बबईसम्म आएको कालिकोटका कलबहादुर खड्काले बताए । ‘काम गर्दासम्म रुपैयाँ पाइयो, त्यसपछि रुपैयाँ नपाउँदा छाक टार्न समस्या भयो’, खड्काले भने, ‘बरु गाउँमा उब्जाउ गरेको खाउँला भनेर फर्किएका हौं ।’ यस्तै प्रदेशभित्रैका जिल्लामा अलपत्र परेकाहरुलाई स्थानीय तहले खान र बस्ने व्यवस्थापन गरिरहेका छन् । अलपत्र परेका अन्य प्रदेशका नागरिकलाई खान र बस्न व्यवस्था गरिएको वीरेन्द्रनगरका कार्यवहाक मेयर मोहनमाया ढकालले बताइन् ।

कर्णाली सरकारले देशका विभिन्न जिल्लाबाट फर्किएकाहरुलाई सम्बन्धित जिल्लामाा पठाउने गृहकार्य शुरु गरिएको जनाएको छ । प्रत्येक दिन कर्णालीमा बाहिरबाट आउने संख्या बढ्न थालेपछि उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित जिल्लामा पठाउने सरकारले तयारी गरेको हो । ‘कर्णाली फर्कने सबैलाई सुर्खेतमा राख्नसक्ने अवस्था छैन’, सामाजिक विकास मन्त्री दल रावलले भने, ‘कर्णालीका सबै पालिकाहरुले क्वारेन्टाइन बनाएका छन्, अब सुर्खेतसम्म आएकाहरुलाई क्वारेन्टाइनमा राख्नेगरी सम्वन्धित जिल्ला पठाउने विषयमा छलफल भइरहेको छ ।’ 

कर्णाली भित्रने प्रमुख नाका बबईमा दैनिक पचास जनाभन्दा बढी नागरिकहरु आइरहेको मन्त्री रावलले जानकारी दिए । मन्त्री रावलले थपे, ‘अझैं आउनेक्रम बढिरहेको छ, उनीहरुलाई अब सम्बन्धित जिल्लाहरुमै पठाउने व्यवस्था मिलाउन प्रहरीलाई जिम्मेवारी दिने की भन्ने विषयमा छलफल भइरहेको छ ।’ मुगु, डोल्पा र हुम्लाका नागरिकलाई भने अनिवार्य सुर्खेतकै क्वारेन्टाइनमा राख्ने गरी व्यवस्थापन गरिएको मन्त्री रावलको भनाइ छ । बाँकी सात जिल्लाका नागरिकलाई भने जिल्लामा पठाइए पनि पालिकाहरुले बनाएको क्वारेन्टाइनमा अनिवार्य राखिने मन्त्री रावलले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.