भोकै भए १०१ मा फोन गर्नुस् !

भोकै भए १०१ मा फोन गर्नुस् !

सुर्खेत : लकडाउनका कारण घरमा खाद्यान्न सकियो ? वा तपाइँ भोकै बस्नु परेको त छैन ? यदी यस्तो समस्यामा हुनुहुन्छ भने अब तपाइँले १०१ मा फोन गर्नु पर्नेछ। यो नम्बरमा फोन गरेर जानकारी दिएमा तपाइँको घरमै खाद्यान्न आइपुग्नेछ।

कर्णालीको राजधानी सहर रहेको वीरेन्द्रनगरले लकडाउनका कारण समस्यामा रहेका नागरिकका लागि नयाँ उपाय अपनाएको हो। संकटको बेला समस्यामा परेका नागरिकका लागि वीरेन्द्रनगरले आपतकालीन नम्बरको व्यवस्था गरेको हो। अब १०१ मा फोन गरेर समस्यामा परेका नागरिकले नगरपालिकासँग आफ्नो पीडा राख्न सक्नेछन्। यो नम्बरमा फोन आएपछि नगरपालिकाका प्रतिनिधिहरु खाद्यान्न लिएर पीडितकै घरमा पुग्ने भएका हुन्।

वीरेन्द्रनगर नगरपालिकका कार्यबाहक मेयर मोहनमाया ढकालले लकडाउनका कारण नगरभित्र समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन यस्तो उपाय अपनाइएको जानकारी दिइन्। उनले भनिन्, ‘संकटमा कोही पनि भोकै नहुन् भनेर हामीले आपतकालीन नम्बर सञ्चालनमा ल्याएका छौं, अब नगरभित्रका नागरिकले यो नम्बरमा फोन गरेर आफ्नो अवस्था टिपाउने छन्। त्यही आधारमा नगरपालिकाले परिवारको मूल्याकंन गर्नेछ, सम्बन्धित वडामा पुगेर राहत पनि उपलब्ध गराइने छ।’

लकडाउनका कारण कोही पनि भोकै मर्नु नपरोस् भनेर सोमबारदेखि नै वीरेन्द्रनगरले विपन्न, मजदुर र बेखर्र्चीका लागि दोस्रो चरणको राहत वितरण गर्न लागेको हो। अब सम्बन्धित व्यक्तिले १०१ मा फोन गरेर आफ्नो विवरण टिपाउनु पर्नेछ। विवरणको आधारमा नगरपालिकाले राहत बाँड्ने छ। वीरेन्द्रनगरले नगरमा राहत वितरणका लागि भन्दै यसअघि विभिन्न १६ वटा आयोजनाको बजेट कटौती गरिसकेको छ। सोही बजेटबाट हालसम्म अति विपन्न, विद्यार्थी र मजदुर गरी १५ हजार भन्दा बढीलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले लकडाउन लम्बिएपछि दोस्रो चरणको राहत दिन सुरु गरेको जनाएको छ। यस्तै, घर जानका लागि विभिन्न जिल्लाबाट वीरेन्द्रनगर प्रवेश गरी बसेका नागरिकका लागि पनि आ श्रय एवम् पूर्व सावधानी स्थल निर्माण गरिएको छ। आइतबारमात्रै नगरपालिकाले जुम्लाका सात जनालाई बबईबाट उद्धार गरी जुम्ला पठाएको छ।

त्यस्तै बबईबाट उद्धार गरिएका ११ जनामध्ये पञ्चपुरीका चार जनालाई गाउँ पठाएको छ भने बाँकी सात जनालाई बालमन्दिरको आ श्रयस्थलमा राखिएको कार्यबाहक मेयर ढकालले जनाइन्। राहत वितरणका लागि कोष नै स्थापना गरिएको भन्दै उनले नगरभित्र कोही पनि भोकै बस्नुपर्ने अवस्था नरहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.