चट्याङपछि हाइभोल्टेज विद्युत प्रवाह हुँदा धादिङमा २ जनाको मृत्यु, ७ घाइते

चट्याङपछि हाइभोल्टेज विद्युत प्रवाह हुँदा धादिङमा २ जनाको मृत्यु, ७ घाइते

थाक्रे (धादिङ) : थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्‍कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।  त्यस्तै गाउँका अन्य ७ जना घाइते भएका छन् ।गाउँ नजिकै  रहेको विद्युत ट्रान्सफर्मर अचानक पड्किएपछि घरघरमा हाइभोल्टेज विद्युत प्रशारण भएको प्रहरीले जनाएको छ । हावाहुरी र चट्याङ परेकाले ट्रान्सफरमरमा चट्याङ लागेको स्थानीयले बताएका छन् ।

मृतक तथा घाइते सबै आ-आफ्नै घरमा विद्युतीय सामग्री चलाइरहेका व्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।  करेन्ट लागेपछि घाइते भएका सानुमान तामाङ र सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।  सोही ठाउँका गम्भीर घाइते भएका रुपक अर्याल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ । अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका ३ नम्बर वडाका अध्यक्ष अमित घलेले जानकारी दिए ।

हाइभोल्टेज विद्युत प्रवाह भएपछि घरभित्र जतातातै करेन्ट लाग्दा बिजुलीको स्वीच अफ गर्न, चार्जमा रहेको मोबाइल झिक्न खोज्दा र करेन्ट लागेका व्यक्तिले अर्को व्यक्तिलाई समात्दा धेरै घाइते भएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.