सप्तरीको धार्मिक सभामा सहभागी ६ जनाको कोरोना रिपोर्ट 'निगेटिभ'

सप्तरीको धार्मिक सभामा सहभागी ६ जनाको कोरोना  रिपोर्ट 'निगेटिभ'

धनगढी : धनगढीको रंगशालामा रहेको क्वारेन्टाइनमा राखिएका ६ जना मुस्लिम जमातीको कोरोना रिपोर्ट 'नेगेटिभ' आएको छ । सातजना मुस्लिम जमातीलाई कैलालीको विभिन्न ठाउँबाट प्रहरीले समातेर थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको हो ।

एकजनाको रिपोर्ट भने आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । सातैजना सप्तरीको धार्मीक सभामा सहभागी भएका आधारमा स्वाब परीक्षण गरेको थियो। प्रहरीले धनगढी उपमहानगरपालिका १ पशुपति टोलबाट ३ जना, अत्तरियाबाट दुई, धनगढीको चटकपुर र चौराहाबाट १÷१ जनालाई समातेको थियो । 

मुस्लिम जमातीमा कोरोनाको संक्रमण देखिएपछि प्रहरीले उनीहरुको खोजी थालेको छ । दिल्लीमा भएको धार्मिक सभामा लकडाउनका कारण सहभागी हुन नपाएका उनीहरु सप्तरीमा भएको सभामा सहभागी भएका थिए । 

सुदूरपश्चिममा हालसम्म ५ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको हो । ५ जनामा एकजना सन्चो भएर घर फर्कि सकेका छन् । अन्यको सेती प्रोदेशिक अस्पातालमा उपचार भइरहेको छ । ४ जनाको अवस्था सामान्य रहेका अस्पातलले जनाएको छ । 

सु्दूरपश्चिमका अधिकांश बेरोजगार युवा भारत जाने भएकाले यहाँ कोरोनाको उच्च जाखिम रहेको चिकित्सककाले औंल्याएका छन्।  नेपाल र भारतमा लकडाउनअघि सीमाबाट हुलका हुल भित्रिएपछि धेरैले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.