उदयपुरका १४ जनामा कोरोना : संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरका १४ जनामा कोरोना : संक्रमितको संख्या ३२ पुग्यो

उदयपुर : उदयपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर त्रियुगा नगरपालिका ३ भुल्केका ३३ वर्षीय पुरुषमा संक्रमण रहेको पुष्टि गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उदयपुरमा थप १ सहित अब नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको बताए। प्रवक्ता डा.देवकोटाले अन्यको स्वाब परीक्षण भइरहेको पनि जानकारी दिए। 

सेनाको टोलीले स्वाब संकलन गरेर लगेका मध्येबाट एकजनाको रिपोर्ट पोजिटिभ आएको हो। सेनाले आइतबार र सोमबार स्थानीय, नेपाली सेनाको बाहिरीभागमा खटिएका २ सय ५१ जनाको स्वाब संकलन गरेको थियो। 

    
यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले वैशाख ६ गते संकलन गरेको ६९ जना मध्ये ८ जनाको आरडीटी रिपोर्ट शंकास्पद देखिएपछि पीसीआर विधिबाट स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।    

स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले मन्त्रालयबाट थप परीक्षणका लागि पठाउन आदेश भएपछि उनीहरुलाई एम्बुलेन्सबाट पठाएको बताए। ‘थप कुरा मलाई नै थाहा भएन, मात्र तत्काल पठाउन आदेश भयो, त्यहीँ अनुसार पठाएँ’, उनले भने। 

वैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १२ जना र भोलिपल्ट ६ गते थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो। 

मस्जिदमा बसेका १२ भारतीय र चार नेपाली नागरिकको स्वाब परीक्षण गर्दा १३ जना संक्रमित पुष्टि भएको हो। बाँकी ३ जना विराटनगरको एक क्वारेन्टाइनमै रहेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.