उदयपुरका कोरोना संक्रमित बसेको नयाँ क्षेत्र फेला, आरडिटी परीक्षण तीब्र

उदयपुरका कोरोना  संक्रमित बसेको नयाँ क्षेत्र फेला, आरडिटी परीक्षण तीब्र

राजविराज : आरडिटी परीक्षणमा पोजिटिभ आएको तीन जनासहित ४० जनाको स्वाब परीक्षण नेगेटिभ आएको सप्तरीमा संक्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि स्वास्थ्यकर्मी अहिले सो क्षेत्र पुगेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना संक्रमित भुल्के जानुअघि कञ्चनरुप नगरपालिका १२ चर्खियाको मस्जिदमा बसेको नयाँ ठाउँ पत्ता लागेपछि स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि सो स्थान पुगेका हुन्। 

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका सिनियर अहेब डम्बर गुप्ताका अनुसार पहिलो चरणमा चर्खिया क्षेत्रमा संक्रमित जमातीहरुको प्रत्यक्ष सम्पर्कमा आएका २३ जनाको आरडिटी परीक्षण गर्न लागिएको छ ।  

यसअघि संक्रमित बसेको सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १, २ र ४ तथा कञ्चनरुप नगरपालिका-२ मा दुई सय १७ जनाको आरडिटी परीक्षण गरिएको छ । संक्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि मंगलबार साँझ कञ्चनरुप नगरपालिका-१२ मा आरडिटी परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नो समुदायमा इस्लाम धर्मको प्रचार प्रसार गर्न हिंडेका जमाती सप्तरीको विभिन्न मस्जिद हुँदै उदयपुर पुगेको पत्ता लाग्दै गएपछि ती क्षेत्रहरुमा तीब्रताका साथ आरडिटी परीक्षण गर्न लागिएको हो ।

सप्तकोशी नगरपालिकाको मस्जिद रहेको वडा नम्बर १ फत्तेपुरमा ७४, वडा नम्बर २ मा ६६, वडा नम्बर ४ मा ३१ र कञ्चनरुप नगरपालिका-२ बरमझियामा २७ जनाको परीक्षण सकिएको छ । कञ्चनरुपको क्वारेन्टाइनमा रहेका ६ जना र इलाका प्रहरी कार्यालय कञ्चनरुपको थुनामा रहेका १० जनाको परीक्षण गरिएको छ । 

उदयपुरको बेलटारबाट सप्तरीको बाटो हुँदै सोमबार राती भारततर्फ प्रवेश गर्न लागेका तीन भारतीय जमातीलाई नियन्त्रणमा लिइ राती नै आरडिटी परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले बताए । 
कञ्चनरुप नगरपालिका ५ बाट कोशी टप्पु वन्य जन्तु आरक्ष पथरी व्यारेकको नेपाली सेनाले खेतमा समातेका तीन भारतीयको आरडिटी परीक्षण नेगेटिभ आएको छ ।हालसम्म सप्तरीमा ६४ महिला र चार सय ७७ पुरुष गरी पाँच सय ४१ जनाको आरडिटी परीक्षण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.