२५ थान थर्मल गन र ७ सेट पीपीइ सहयोग
सन्धिखर्क : कोरोना महामारीबाट बच्न सिटी एक्सप्रेसका म्यानेजिङ डाइरेक्टर चन्द्र टण्डनले व्यक्तिगत लगानीमा अर्घाखाँचीका स्थानीय तहलाई २५ थान थर्मल गन र ७ सेट पीपीइ प्रदान गरेका छन् । जिल्लामा थर्मल गन र पीपीइ सेटको अभाव भएको जानकारी पाएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिका १ चिदीकामा जन्मिएका टण्डनले आफ्नो व्यक्तिगततर्फबाट २५ थान थर्मल गन र ७ सेट पीपीइ प्रदान गरेका हुन् ।
९ वठा थर्मल गन र ४ सेट पीपीइ छत्रदेव गाउँपालिकालाई र अन्य थर्मल गन तथा पीपीइ आवश्यक अनुसार स्थानीय तहमा पठाउने गरी उक्त सामग्री बुधबार जिल्ला प्रशासन कार्यालयमा समाजसेवी पिताम्बर रायमाझीले छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल र प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई हस्तान्तरण गरेका छन्।
जिल्लामा अत्यन्त आवश्यक सामग्री प्रदान गरेकोमा प्रमुख जिल्ला अधिकारी पौडेलर छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले सिटी एक्सप्रेसका म्यानेजिंग डाइरेक्टर टण्डनलाई धन्यवाद दिएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल ( मुस्कान), प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासे, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्णवहादुर ज्ञवाली, छत्रदेव गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजेस पन्थी, समाजसेवी चुरामणी भट्टराई, नारायण प्रसाद बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।