२५ सय ७५ विपन्न परिवारलाई राहत

२५ सय ७५ विपन्न परिवारलाई राहत

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले विपन्न र मजदुर परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासबीच लकडाउन हुँदा विपन्न र श्रमिक परिवारमा खानको समस्या भएपछि दुबै नगरले २ हजार पाँच सय ७५ जना परिवारका लागि खाद्यान्न राहत वितरण गरेका हुन् ।

लकडाउनको समय बढ्दै जाँदा दुबै नगरले श्रमिक तथा विपन्न परिवारका लागि चामल, दाल, नुन, तेल लगायतका राहत सामाग्री वितरण गरेका हुन् । 
कमलामाई नगरपालिकाले मात्र नगरका १४ वटै वडामा गरी हालसम्म १ हजार ५ सय ८९ जना मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न लगायतका राहत प्याकेज उपलब्ध गराएको नगर प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनले भने, ‘कोरोना त्रासका कारण रोजगार गुमाएका, विपन्न र असहाय परिवाका लागि १५ देखि २० दिनसम्म पुग्ने गरि खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराएका छौं ।’

वडाबाट सिफारिस भइ आएका १ हजार १ सय ३३ अति गरिब, मजदुर तथा अप्ठेरोमा परेका विद्यार्थी परिवार र अन्य क्षेत्रका गरि १ हजार ५ सय ८९ परिवारलाई राहत वितरण गरिएको खत्रीको भनाइ छ । यस्तो राहत सामाग्रीमा नेपाल रेडक्रस र प्लान नेपालले समेत सहयोग गरेको छ ।

‘नगरको समन्वयमा एकद्वार प्रणालीबाट वितरण गरिएको राहतमा नगरपालिकाले खाद्यान्न सामाग्री र नेपाल रेडक्रस सोसाईटी र प्लान नेपालले सरकारले तोकेको मापदण्ड अनुसारको खाद्यान्न आउने नगद राहत दिएको हो,’ उनले भने । रेडक्रसले प्रति परिवार २ हजार ७ सय ३० रुपैयाँ उपलब्ध गराएको छ ।
लकडाउन सुरु भएको पहिलो सातामा नगरले ६२ जना गिट्टी फुटाउने श्रमिकलाई राहत दिएको थियो । त्यसयता लगातार लकडाउन थपिएपछि बिहान बेलुकाको छाकटार्न मुस्किल भएका परिवारको पहिचान गरी थप राहत वितरण गरिएको हो ।  

नगरले १३ जना विद्यार्थीहरुलाई समेत राहत वितरण गरेको छ । नगरले राहत वितरणका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।
उता दुधौली नगरपालिकाले हालसम्म ९ सय ८६ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको जनाएको छ । दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतका अनुसार नगरका विभिन्न ९ वटा वडाका विपन्न र मजदुर परिवारलाई प्रति परिवार १५ किलोग्राम चामल लगायतका राहत वितरण गरेको हो । 
‘हामीले नगरका वडा नं. ३, ४, ६, ७, ८, ९, १०, ११ र १४ मा ९ सय ८६ परिवारका लागि १ सय ४८ कुन्टल २० केजी चामल लगायतका खाद्यान्न सामाग्री वितरण गरेका छौं,’ राउतले भने ।

अन्य ५ वटा वडामा भने राहत वितरणका लागि वडाबाट लक्षित परिवारको नाम सिफारिस भइ नआएकाले वितरण गर्न बाँकी रहेको छ । ति वडाहरुमा पनि छिट्टै राहत सामाग्री वितरण गरिने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.