रौतहटमा एक महिलाले आफूसँगै छोराछोरीलाई विष खुवाइन्
रौतहट : रौतहटको मौलापुरमा श्रीमानसँगको घरायसी झगडाका कारण एक महिलाले आफूसँगै छोरा र छोरीलाई बिष खुवाएकी छन् । विष सेवनबाट आमा र छोरीको मृत्यु भएको छ भने छोराको उपचार भइरहेको छ ।
मौलापुर नपा १ का रामलाल महतो की ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार साझ १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनीकुमारी महत्तोलाई विष खुवाएर आफूले पनि खाएको प्रहरीले जनाएको छ ।
विषसेवनबाट बिरामी भएका तीनै जनालाई मौलापुरमा सामान्य उपचारपछि थप उपचारका लागी वीरगञ्ज लगिएको थियो । उपचारको क्रममा आमाको मंगलबार राती र छोरीको बुधबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
विषसेवनबाट बिरामी भएका छोरा दिपकको उपचार भइइरहेको र घटनाको अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
१