थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४५ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं : बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये दुईजना विराटनगर महानगरपालिका वडा नम्बर  १५ र १७ का हुन् भने एकजना उदयपुरको मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् ।  संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सातजना भने डिस्चार्ज भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। 

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट ३१ हजार ४ सय २० र पीसीआर विधिबाट  ९ हजार ११ गरेर बुधबारसम्म कुल ४० हजार चार सय ३१ जनामा कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ३६ जनाको नमुना परीक्षण भएको उनको भनाइ छ। 

सरकारले आरडीटी टेस्ट ७७ जिल्लामा गरिरहेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा तीन हजार ९७, प्रदेश २ मा तीन हजार ९ सय २५, बागमती प्रदेशमा ५ हजार ९ सय १५, गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३०८ र सुदूरपश्चिम प्रदेशमा सात हजार ३०७ जनामा कोरोना परीक्षण भएको छ। 

अहिलेसम्म मुलुकभरमा क्वारेन्टाइन आठ हजार ५९५ जना रहेका छन्। उपत्यका ३ र बाहिर ९२ गरेर आइसोलेसनमा ९५ जनाले उपचार गराइरहेका छन्। 

अहिलेसम्म संक्रमितको संख्या ४५ पुग्दा डिस्चार्ज हुनेको संख्या सात पुगेको छ। चारजनाको यसअघि नै डिस्चार्ज भएको थियो। मंगलबार धनगढीको सेती अस्पतालमा उपचार गराइरहेका २४ वर्षीय पुरुषको डिस्चार्ज भएको थियो भने बुधबार सेती अस्पतालमै १९ दिनदेखि उपचार गराइरहेका अर्का ४० वर्षीय पुरुष डिस्चार्ज भएका छन्। 

त्यसैगरी टेकु अस्पतालमा उपचार गराइरहेका ३२ वर्षीय पुरुष २९ दिन लामो उपचारपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए। यसअघि नै चारजनाको डिस्चार्ज भएको थियो।   

जेष्ठ नागरिकलाई बचाउन अनुरोध 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता देवकोटाले जेष्ठ नागरिकलाई संक्रमण हुनबाट जोगाउन यस्तो आग्रह गरेका छन्। 

‘सामान्य अवस्था पनि जेष्ठ नागरिकलाई विशेष सहयोगको आवश्यकता पर्छ। अझ यस्तो अवस्थामा उहाँहरुलाई सहयोग र सहकार्यको आवश्यता पर्नसक्छ’, उनले भने,‘लकडाउनको अवस्थामा उहाँलाई अझ बढी एक्लोपनबाट बचाउन हामीले विशेष ध्यान दिनुपर्छ।’

विश्वको तथ्यांकले पनि जेष्ठ नागरिकलाई कोरोना संक्रमण बढी भएको, संक्रमण पनि जटिल हुने र मृत्युको दर पनि बढी देखाएको प्रवक्ता देवकोटाले बताए।

 जेष्ठ नागरिकलाई कोरोना संक्रमणबाट बचाउन उहाँहरुको स्याहार र स्वास्थ्यमा ध्यान दिनुपर्नेमा उनले जोड दिँदै भने, ‘उहाँहरुले नियमित खाने औषधिको उचित व्यवस्था गरिदिने र स्वास्थ्य अवस्था खराब भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी सहयोग माग्न सकिन्छ।’

उनले जेष्ठ नागरिकसँग भौतिक दूरी कायम गर्ने र सुरक्षाका उपाय अबलम्बन गर्नुपर्ने बताए। ‘जेष्ठ नागरिकसँग नजिकको सहयोग र भावनात्मक दूरी कायम गरी एक्लो महशुस नहुनेगरी विशेष स्याहारमा ध्यान दिऔं’, उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.