सांसदसँग छलफलपछि प्रधानमन्‍त्री ओली र अध्यक्ष प्रचण्डको भेट

सांसदसँग छलफलपछि प्रधानमन्‍त्री ओली र अध्यक्ष प्रचण्डको भेट

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको त्रास सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म उत्तिकै छ। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटामा छलफलपछि भेट गरेका छन्। भेटघाट दुवै अध्यक्षले मास्क लगाएका थिए। व्यक्तिगत दूरीलाई धेरै प्राथमिकता नदिए पनि दुवै अध्यक्षले मास्कमै कुराकानी गरेका हुन्। 

बुधबार बालुवाटारमा भएको नेकपाका विभिन्न प्रदेशका सांसदसँगको छलफलकै क्रममा अध्यक्षद्वयले भेट गरेका हुन्। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका सांसादसँगको छलफल सकिएपछि अध्यक्षद्वयको जम्काभेट भएको हो। जम्काभेट भएपछि दुवै अध्यक्षले उभिएरै कुराकानी गरे। 

प्रदेश सांसदसँगको छलफलमा दुवै अध्यक्षले समसामयिक विषय ब्रिफिङ गरेका थिए। सोमबार मात्र सरकारले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि पार्टीभित्रै यो विषयमा असन्तुष्टि बढेको थियो। 

प्रधानमन्त्रीले पार्टीमा छलफलबिना दुई अध्यादेश पारित गरेपछि पूर्व माओवादी पक्षले आपत्ति जनाएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, राजपा, समाजवादीलगायत सम्पूर्ण दलले अध्यादेश गलत भएको भन्दै आलोचना गरेका थिए। अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले यसै विषयमा पार्टीभित्र छलफल गरेका हुन्। 

अध्यादेशप्रति असन्तुष्ट रहेका अर्का अध्यक्ष प्रचण्डसहित सबै प्रदेशका सांसदसँग ओलीले बालुवाटारमा बुधबार गरेरको यो छलफललाई पार्टी भित्रको आन्तरिक कलह पत्थर पार्ने सूत्रको रुपमा हेरिएको छ। 

सोमबार दुई अध्यक्षदेश जारी भएलगत्तै विभिन्न टिकाटिप्पणी भएपछि तत्काल सचिवालय बैठक बोलाएर अध्यादेशका विषयमा छलफल गर्दै जाने सहमति नेकपाले गरेको थियो। सोही सहमति अनुसार प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा सबै प्रदेशका सांसदसँग छुट्टाछुट्टै छलफल चलाएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.