सेनाको रगतले सुत्केरीको ज्‍यान बच्‍यो

सेनाको रगतले सुत्केरीको ज्‍यान बच्‍यो

डोल्पा : अस्पतालमा सुत्केरी हुन आएकी महिलाको लागि नेपाली सेनाले रगत दिएको छ। जिल्ला अस्पताल डोल्पामा शल्यक्रियाको लागि रगत निकै कम भएकी महिलोको ज्यान जोगाउन नेपाली सेनाका जवानले रगत दिएका हुन्।

ठुलीभेरी नगरपालिका ५ वर्ष २० की दिलकुमारी बोहोराको रगत कम भएपछि उनको शल्यक्रियाको लागि नेपाली सेनाका जवानले रगत दान गरेको इश्वरी बक्स गुल्मले जानकारी दिएको छ। 
'शल्यक्रिया गर्दा रगत कम्तिमा पनि दुई पोका राख्नुपर्छ हामीसँग एक पोका मात्रै थियो। त्यसैले सेनालाई मागेका हौं' स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले भने। डाक्टर रावलले भने 'रगत हामीले एक पिन्ट लिएका छौं तर अहिलेसम्म दिन परेन नेपाली सेनाले ठुलो सहयोग गरेको छ हामी धन्यबाद दिन्छौ।' त्यसलगायत नेपाल प्रहरी,शसस्त्र प्रहरीले नै अस्पतालमा रगत चाहिएमा दान गर्ने गरेको रावलले बताए।

'एकै दिन दुई शल्यक्रिया गरेका छौ दुबै सफल भयो' स्वास्थ्य सेवा प्रमुख सिजन रावलले खुसि व्यक्त गरे। दुबै जनाको आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य भएको बताए। हालसम्म जिल्ला अस्पतालमा ८ वटा शल्यक्रिया सफल भएका छन्। बुधबार ठुलीभेरी नगरपालिका-१ की १८ वर्षीया निशा रोकाया १८ र ठुलीभेरी नगरपालिका-५ वर्ष २० की दिलकुमारी बोहोराको शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी कर्ण बि.क.ले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.