अलपत्र नागरिकको उद्धार
कालिकोट : जिल्लाका विभिन्न स्थानीय तहले लकडाउनका कारण अलपत्र परेका नागरिककोे उद्धार गर्न थालेका छन्। जिल्ला बाहिर विभिन्न सहरमा अलपत्र परेका नागरिकलाई जिल्ला ल्याउने काम सुरु भएको हो।
पलाँता गाउााँलिकाले कर्णाली प्रदेश सरकार र जिल्ला प्रशासनसँगको समन्वयमा नेपालगन्ज, कोहलपुर, सुर्खेतमा अलपत्र परेका नागरिकलाई उद्धार गरी कालिकोट ल्याएको छ।
जिल्लाका विभिन्न स्थानीय तहका करिब ६० जना नागरिकलाई उद्धार गरी सार्वजानिक यातायातमार्फत जिल्ला ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। पलाता गाउँपालिकाले स्थापना गरेको राहत कोषबाट भाडा तिर्ने गरी ६० जना नागरिकको उद्धार गरिएको हो। उनले अझै पनि जिल्ला बाहिर विभिन्न ठाउँमा रहेका व्यक्ति सम्पर्कमा आए उद्धार गर्ने बताए।
‘आमालाई उपचारका लागि नेपालगन्ज लिएर गएको थिथए। लकडाउनमा परियो। उपचार गर्ने पैसाले खान बस्न ठिक्कै भयो,’ उद्धारपछि रतन महताराले भने, ‘नेपालगन्जबाट भोकभोकै बबईसम्म आयौं। तर, घरसम्म पुग्ने वातावरण थिएन। गाउँपालिकाले उद्धार गरेपछि सहज भयो।’ पालिकाले अलपत्र परेका ६ जना मजदुरलाई जुम्लाबाट पनि उद्वार गरी ल्याएको हो।
यस्तै, रास्कोट नगरपालिकाले सार्वजनिक सूचना जारी गरी मुलुकभरी अलपत्र परेका नागरिकलाई घर आउन चाहेमा सम्पर्क गर्न अपिल गरेको छ। नगरपालिका प्रमुख काँशीचन्द्र बरालले स्थानीय प्रशासनका साथै प्रदेश सरकारको समन्वयमा अलपत्र परेकालाई उद्धार गर्न सुरु गरिएको बताए। उद्धारका लागि काठमाडौं, भक्तपुर, ललितपुर, पर्वत गरी पाँचसय ३५ जना मजदुर सम्र्कमा आएका छन्। स्थानीय तहले थप विवरण संकलन गरिएका छन्।