स्थानीयलाई क्वारेन्टाइनमा राख्‍नै सकस

स्थानीयलाई क्वारेन्टाइनमा राख्‍नै सकस

सन्धिखर्क : स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक जानकारी नगराई बुधबार अर्घाखाँची भित्रिएकालाई क्वारेन्टाइनमा नराखी अधिकांशलाई घरघरमा पठाउँदा स्थानीय ससंकित बनेका छन् । काठमाडौंबाट जिल्ला भित्रिएका ४ सय १ जनामध्ये २६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरु सबै घरघरमा गएका छन् । 

काठमाडौंबाट जिल्ला भित्रिएकालाई कसरी व्यवस्थापन गर्ने भनेर जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहानै बैठक बस्यो । बैठकले काठमाडौंबाट बसमा अर्घाखाँची आएका सबै जिल्लावासीलाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहलाई जिम्मा दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए । 

सबैलाई २ हप्ता क्वारेन्टाइनमा राख्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक र जिल्ला विपद व्यवस्थापन  समितिको बैठकले निर्णय गरेपनि उक्त निर्णय स्थानीय सरकारले पालना गर्न सकेका छैनन् । जानकारीविना जिल्लामा काठमाडौंबाट पठाउँदा समस्या भएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए । 

काठमाडौंमा अध्ययन गर्ने विद्यार्थी, पेशा व्यवसाय गर्ने र मजदुरी गर्ने चार सय १ जना गृह मन्त्रालयको पास लिएर ११ वटा बसमा आफ्नो गृह जिल्लामा आएका हुन् । 

जिल्लाका ६ वटा स्थानीय सरकारमध्ये सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउँपालिका र मालारानी गाउँपालिका गरी पाँच स्थानीय सरकारले सबैलाई घरघरमा पठाएका छन् । तर भूमिकास्थान नगरपालिकाले सबैलाई स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा राखेको छ । 

सन्धिखर्क नगरपालिकाका ७२ , शितगंगा नगरपालिकाका २४, भुमिकास्थान नगरपालिकाका २६, मालारानी गाउँपालिकाका ७३, छत्रदेव गाउँपालिकाका ११५ , पाणिनि गाउँपालिकाका ६५ जना र गुल्मीका २३ र  प्युठानका ३ जना गरी चार सय १ जना अर्घाखाँची आएका हुन् ।
 
सन्धिखर्क नगरपालिका,  भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाले स्थानीय सरकारले बनाएको कवारेन्टाईनमा बसाल्ने गरी सन्धिखर्कको टुडीखेलबाट आफ्नो पालिका बासीहरुलाई लगेपनि उक्त निर्णय सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकाले कार्यन्वयन गर्न सकेका छैनन् ।

सन्धिखर्क नगरपालिकाका ७२ जना सबैलाई  होम क्वारेन्टाइनमा सुरक्षित रुपमा रहेर सावधानीपुर्वक बस्ने गरी घरघरमा पठाइएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । काठमाडौंमा सेल्फ क्वारेन्टाइनमा बसेका उनीहरुले घरमै सुरक्षित बस्नेगरी पठाइएको उनले बताएका छन्। 

भुमिकास्थान नगरपालिकाका २६ जनालाई स्थानीय सरकारले बनाएको क्वारेन्टाईनमा राखिएको नगर प्रमुख रेशम थापाले बताए । स्थानीय सरकारको रुपमा रहेका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका ,पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाले सबैलाई साबधानी अपनाएर होम क्वारेन्टाईनमा बस्न आग्रह गरे अनुसार सबैलाई घरघरमा पठाएका हुन्  ।

'बिहान ५ नबज्दै बसमा मानिस आए । नत कसैले आउँदैछन् व्यवस्थापन गर्नु भनेर भन्यो नत कसैले यति जना आउँदै छन् भनेर औपाचारिक जानकारी गरायो,' पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

पालिकामा भित्रिएका झण्डै ७० जनालाई सबैलाई आ-आफ्नो घरमा गएर सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं । छत्रदेव गाउँपालिकाले काठमाडौंबाट आएका सबैको थर्मल गनको माध्यमबाट ज्वरो नापेर सबैलाई घरघरमा पठाएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । संघीय राजधानीबाट गृह मन्त्रालयबाट पास लिएर आउने, प्रदेस राजधानी बुटबलहुँदै आएकालाई स्थानीय सरकारले तापक्रम नापेर घरघरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं। कसैले जानकारी नदिँदा व्यवस्थापनमा समस्या भएको उनको भनाई छ । क्वारेन्टाइनमा नराखी घरघरमा राख्दा रोग फैलने होकी भन्ने सबैमा त्रास छाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.