सनसिटीका दुवै संक्रमित डिस्चार्ज : कोरोना जित्नेको संख्या ९ पुग्यो

सनसिटीका दुवै संक्रमित डिस्चार्ज : कोरोना जित्नेको संख्या ९ पुग्यो

काठमाडौं : कोरोना जितेर थप दुईजना डिस्चार्ज भएका छन्। पाटन अस्पतालमा उपचाररत कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला स्वास्थ्य लाभ गरी  बिहीबार डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ। 

उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए। 

आरडीटी प्रविधिबाट परीक्षण गर्दा उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएको थियो। पुन: परीक्षण गराउँदा दुईजनामा मात्र संक्रमण देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुलाई मूलपानीस्थित नगर अस्पतालका सुरक्षाकर्मी र सेनाको टोलीले र्‍यापिड टेस्ट प्रविधिमार्फत परीक्षण गरेको थियो। नमूना रिपोर्टमा पोजेटिभ देखिएपछि पुन: परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ।  हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका ३ जना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।

डिस्चार्ज हुनेको  संख्या बढेसंगै संक्रमितको संख्या पनि वृद्धि भएको छ।  बिहीबार थप दुईजनामा कोरोना संक्रमण देखिएको छ। थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए। यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

कोरोना भाइरस आशंकामा पीसीआर र आरडीटी विधिबाट परीक्षण गराएका नमूना ४३ हजार ७ सय २२ पुगेको छ।गत २४ घन्टामा  ३हजार ३ सय ५ नयाँ नमूना परीक्षण गरिएको छ। सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ।प्रदेश १ मा ३ हजार ५सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १सय ५५, गण्डकीमा ४हजार ५सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ६हजार ८ सय ३५ वटा नमूना परीक्षण गरिएको छ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार ५ सय ७३ छ भने आइसोलेसनमा ८६ जना छ। जसमध्ये उपत्यकाभित्र ४ र उपत्याबाहिर ८४ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.