थपिए आईसीयू र भेन्टिलेटर

थपिए आईसीयू र भेन्टिलेटर

धनगढी : सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर थपिएको छ। सेती प्रादेशिक अस्पतालमा आईसीयू र महाकाली प्रादेशिक अस्पतालमा भेन्टिलेटर थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

सेती अस्पतालमा १० बेडको आईसीयू र महाकालीमा चार बेड गरी १४ बेडको आईसीयू सञ्चालनमा आएका हुन्। धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच-पाँच तथा निसर्गमा ६ बेडका आईसीयू छन्।

अब सेती प्रादेशिकमा छ, महाकालीमा दुई, दार्चुला र डडेलधुरा अस्पतालमा एक÷एक गरी १० भेन्टिलेटर भएका छन्। सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना ‘डेडिकेटेड’ अस्पताल घोषणा गरिसकेको छ। सेती अस्पतालकै मातहतमा सञ्चालन हुनेगरी अहिले धनगढीमा ५० शड्ढयाको आइसोलेसन भवन पनि निर्माण भइरहेको छ।

सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित देखिएकामा ३ जना डिस्चार्ज भइसकेका छन्। अब दुई महिला उपचाररत छन्। दुवै महिलाको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा हालसम्म ३८ शंकास्पद व्यक्तिको उपचार भएको छ।

प्रदेशमा ९९ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिसकिएको छ भने ६ जना आइसोलेसनमा राखिएका छन्। यस्तै, तीन सय २२ स्थानमा ६ हजार ७ सय २८ बेडको क्वारेन्टाइन सञ्चालनमा छन्। एक सय ८९ महिला र एक हजार पाँच सय ७० पुरुष गरी एक हजार सात सय ५९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) र पोलिमरेज चेन रियाक्सन (पीसीआर)बाट १० हजार ८ सय ३९ व्यक्तिको नमुना संकलन गरिएको छ। प्रदेशमा र्‍यापिड टेस्टमार्फत आठ हजार दुई सय तीन र पीसीआरबाट दुई हजार तीन सय ३१ व्यक्तिको नमुना संकलन गरिएको छ। ‍र्‍यापिड टेस्टबाट ५ जनामा पोजेटिभ देखिएको थियो भने पीसीआरबाट एक जनामा नेगेटिभ देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँच जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ। नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरि १० हजार दुई सय ८२ किट मौज्दात छ। रोजगारीका लागि यहाँका युवा भारत जाने भएकाले कोरोनाको उच्च जोखिममा रहेको चिकित्सकहरूले बताएका थिए। ३ जना डिस्चार्ज भएसँगै धनगढीमा लकडाउन पनि केही खुकुलो भएको छ। बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा अत्यावश्यक पसल खोल्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.