प्रदेश २ लाई पीपीइ र थर्मल गन सहयोग
जनकपुरधाम : कोरोना महामारी (कोभिड-१९) संक्रमण तथा नियन्त्रणका लागि वर्ल्ड भिजनले १ सय २५ थान सुरक्षा कवच प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । कोरोनाको विषम परिस्थितिबाट ग्रुजिरहेको बेला वर्ल्ड भिजन इन्टरनेसनल नेपालले एक सय २५ थान पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) र २५ थान थर्मल गन प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहलाई हस्तान्तरण गरेको हो ।
पीपीइ सेटमा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स, हेड कभर्स, शुकभर्स, लङग स्लिभ एम्पायर गाउन, डिस्पोजेवल ब्याग र गम्बुटस् रहेको छ । पीपीइ र थर्मल गन २१ लाख मुल्य बराबरको रहेको वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि शिवजी साहले जानकारी दिए ।
प्रदेश २ सरकार समाजिक विकास मन्त्री नवलकिशोर साहले किट्स् र थर्मलगण ग्रहण गर्दै सही समयमा आइपुगेकाले कोरोना महामारी प्रतिकार्यमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले भने, 'यो विश्वकै लागि विषम परिस्थिति हो, जुन परिस्थितिबाट हामी गुज्रिरहेका छौं, त्यो परिस्थितिमा सबैले सहकार्य गरी अघि बढनुपर्छ, अन्यथा कोरोनामाथि विजय प्राप्त गर्न अम्भव छैन् ।'
प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रदेश २ मा कोरोना महामारी संक्रमित बिरामीको उपचारमा अनिवार्य पीपीइ भएपनि अस्पताल र स्थानीय तहमा पीपीइ अभाव सृजना हुन नदिन कार्य थालेको बताए । उनले भने, 'कोरोनाले विश्वमा सन्त्रास छाएको छ, कोरोनालाई जित्न हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ, अन्यथा हामीमाथि कोरोनाले विजय प्राप्त गर्नेछ, तसर्थ कोरोनालाई सबै मिली परास्त गरौं ।'