पानी चुहिने समस्याले बिरामीको बेहाल

पानी चुहिने समस्याले बिरामीको बेहाल

डडेल्धुरा : डडेल्धुरामा रहेको संघीय सरकार अन्तर्गतको सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ।

बिहीबार बेलुकीपख परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना रहेका बिरामीलाई समस्या भएको हो। बिरामी रहेको वार्डको बेडमा बाहिर जत्तिकै पानी चुहिएपछि वार्डमा रहेका बिरामीलाई निकै समस्या भएको उपचारका लागि अस्पताल पुगेका बैतडी पाटनका धर्मराज भट्टले बताए।

विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा अहिले यहाँका ७ वटै पहाडि जिल्लाबाट बिरामी आउने गर्दछन्। वार्डभित्रै पुरै चुहिने समस्याका कारण बिरामीलाई अन्यत्र सारिएको डडेलधुरा अस्पतालले जनाएको छ ।

अस्पतालभित्रै पानी जमेपछि वार्डमा रहेका सबै बिरामी समस्यामा परेको बिरामीका कुरुवा महेन्द्र धनाडीले बताए।पानी छल्दै कुरूवा बस्नु परिरहेको धनाडीले बताए । लकडाउनको समयमा समेत निकै बढी बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ।

भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैर सरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा संचालन गर्नु परिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।

यहाँ केही समयदेखि पानी चुहिने समस्या छ।  उनले भने, 'प्राविधिक बोलाएर पनि समस्या सामाधान गर्न खोजेका हौं। तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो।'

नयाँ भवन निर्माणका क्रममा रहेकाले भवन निर्माण भए यो समस्या पूर्णरुपमै सामाधान हुने उनले बताए। संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पतालमा विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षादको समयमा अस्पतालमा झनै समस्या हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.