लकडाउनमा नौविसे नागढुंगाको सडक मर्मत गरिँदै

लकडाउनमा नौविसे नागढुंगाको सडक मर्मत गरिँदै

धादिङ : राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाको रुपमा रहेको त्रिभुवन राजपथअन्तरगत नौविसे नागढुंगा सडकको खण्ड लकडाउनको समयमा मर्मत कार्य सुरु गरिएको छ । अत्याधिक सवारी चाप रहने भएका कारण विगतमा सडक मर्मतसम्भार गर्न निकै कठिन रहने गरेको थियो । अहिले लकडाउनको भएको बेला न्युन सवारी चाप रहेकाले त्यसैको मौका छोपेर मर्मत कार्य थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ । 

गत बैशाख ४ गतेबाट साँघुरा र जोखिमपूर्ण घुम्तीहरु कटान गरी फराकिलो बनाउन थालिएको छ । त्यस्तै उक्त सडकखण्डको १० किलोमिटर क्षेत्रमा अहिले भइरहेको ठाउँमाथि एक तह कालोपत्रे थप्ने तयारी गरिएको छ । 

यो सडक खण्डमा अत्याधिक खाल्डा-खुल्डी र उकालो रहेकाले सधैं सवारी जाममा पर्ने समस्या निम्तिरहेको छ । सवारी आवागमन जारी रहेकै बेलामा विगतमा मर्मत सम्भार गरिए पनि अत्याधिक भार र सवारी चापले मर्मत गरेको सडक लामो समयसम्म नटिक्ने गरेकाले अहिले सवारी आवागमन न्युन भएको मौकामा एकपटक कालोपत्रे गर्ने र मोडहरु कटान गर्ने काम थालिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीले बताए ।

उनले भने, 'सवारी साधन सञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने भएकाले लकडाउनको अवसरलाई उपयोग गर्न लागिएको हो ।' लकडाउनको समयमा काम गर्न सहज हुने भएकाले सुरुमा कटिङको काम थालिएको र पिचको काम सुरु गरिहाल्ने इन्जियर कृष्णबहादुर खड्काले बताए । काममा संलग्न मजदुरहरुको कोरोनाबाट सुरक्षित राख्नका लागि मास्क, टेम्परेचर गन लगायतका प्राथमिक उपचारका सामग्री प्रयोग गरिएको खड्काले बताए । 

राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेकाले अध्याधिक सवारी चाप हुने यस सडक खण्ड साँघुरो, उकालो र नागबेली भएकाले सवारी जाम अत्याधिक हुने गर्दछ । डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा एकैसाथ रोड मार्किङको काम पनि शुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.