सीमामा स्वयंसेवक खटाउन सुझाव

सीमामा स्वयंसेवक खटाउन सुझाव

इलाम : सिमावर्ती इलामका नागरिक अगुवाहरुले कोराना भाइरसको संक्रमणबाट बच्न सिमानामा स्वयंसेवक परिचालन गर्न सरकारलाई सुझाव दिएका छन्। नागरिक चासो अभियानले शुक्रबार समसामयीक विषयमा 'चासो' सार्वजनिक गर्दै सीमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गर्न सुझाव दिएको हो।

'खुल्ला सिमाना' कोरोनासँग लडिरहेका नेपाल र भारतकै लागि साझा चिन्ताको विषय भएको भन्दै अभियानले स्थानीय सरकारले स्वयंसेवक परिचालन गर्न सुझाव दिएको हो। नेपाल भारत सिमा क्षेत्रको साढे ५२ किलोमिटर इलामको रोङदेखि सन्दकपुर गाउँपालिकासम्म फैलिएको छ। सिमानाबाट नागरिक लुकिछिपि आउने क्रम रहेको भन्ने गुनासो आइरहेको समयमा अभियानले स्वयंसेवक राख्न सुझाव दिएको हो। अभियानले सरकारले मापदण्ड बनाएर शुरक्षा निकायसँगको समन्वयमा स्वयंसेवक परिचालन गर्न सुझाव दिएको छ।

अभियानले स्थानीय सरकारलाई स्वयंसेवक आव्हान गर्न समेत सुझाव दिएको छ। अभियानले लकडाउनलाई मध्यनजर गरेर साप्ताहिक रुपमा नागरिक चासो प्रकाशन गरेर सरोकारवालाको ध्यानाकर्षण गरिरहेको अभियानका सदस्य रमेश राइले जानकारी दिए। यस अघि अभियानाले खाद्य उत्पादन र खाद्य शुरक्षामा चासो व्यक्त गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.