कोरोना परीक्षणका लागि गाउँगाउँमा टाेली परिचालन : गाउँपालिकामा एक, महानगरमा पाँच समूह

कोरोना परीक्षणका लागि गाउँगाउँमा टाेली परिचालन  : गाउँपालिकामा एक, महानगरमा पाँच समूह

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वास्थ्य था जनसंख्या मन्त्रालयले गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्ने भएको छ। 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रालयले हरेक गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टोली परिचालन गर्ने तयारी भएको जानकारी दिए। 

‘कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ट्रेसिङ र टेस्टिङको सहजिकरणका लागि टिम खटाउने गरी तीनतीन जनाको समूह बनाएका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘सहजिकरण समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स एकएकजना गरेर तीनजना हुनेछन्।’ 

देवकोटाका अनुसार हरेक गाउँपकिामा यस्तो एउटा समूह परिचालन हुनेछ भने नगरपालिकमा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच समूह खटाइने छ। 

‘यो समूहमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने त्यहाँ अपुग भए अन्य क्षेत्रबाट पठाउने तयारी छ’, देवकोटाले भने। 

कोरोना परीक्षणको दायरालाई विस्तार गर्ने क्रममा शुक्रबार प्रदेश २ का २७ ठाउँबाट स्वाबको नमुना संकलन भइरहेको देवकोटाले जानकारी दिए। स्वाब संकलनका लागि नेपाली सेना र प्राविधिकको टोली परिचालन भएको छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेका छैनन्। अहिलेसम्म सं्रक्रमित व्यक्तिको संख्या ४८ पुगेको छ। १० जना निको भएर घर फर्किएका छन्। 

अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ९१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

अहिले क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् भने उपत्यकामा ३ र बाहिर ८६ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  

बिहीबार धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको रिपोर्ट पोजिटिभ देखिएका भोजपुरका २६ वर्षीय पुरुष फागुन ३० मा साउदीबाट आएको खुलेको छ। हिमालयन एयरलाइन्समा फर्किएका उनी अहिले हतुवागढीमा चिकित्सकको निगरानीमा रहेको र विराटनगर ल्याउने तयारी भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.