पुस्तकमा कोरोनाको चिनियाँ अनुभव

पुस्तकमा कोरोनाको चिनियाँ अनुभव

काठमाडौं : कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक ‘साहस र दृढ संकल्पका कथाहरू ः कोरोना भाइरसले बन्दी बनेको वुहान’ नेपाली भाषामा प्रकाशित भएको छ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरस उत्पन्न भएको थियो। प्रकोप र यसको नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तरको प्रयत्न र उनीहरूले हासिल गरेको सफलता पुस्तकमा छ। उपचारमा अग्रपंक्तिमा चिकित्सक, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकका साथै कोरोना प्रभावितहरूका व्यक्तिगत अनुभवसमेत समेटिएको छ।

वुहानमा देखिएको कोरोनाको सुरुको चरणदेखि चीनले त्यसलाई नियन्त्रण गरेको अवस्थासम्मको वीरतापूर्ण अन्तरकथा पुस्तकमा छ। विदेशी भाषा छापाखानाले चिनियाँ, अंगे्रजी र जापानी गरी तीन भाषामा प्रकाशन गरेको उक्त पुस्तक नेपालीलगायत पोर्तुगिज, रुमानियन र थाई भाषामा समेत प्रकाशित भइसकेको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले अनुदित पुस्तकबाट नेपाली पाठकले महामारीको प्रतिकारमा चीनले भोगेका कथाहरूबारे अझ बढी जान्ने, बुझ्ने मौका पाउने विश्वास व्यक्त गरेकी छन्। उनले पुस्तकको भूमिकामा महामारी नियन्त्रणको संघर्षमा नेपाली जनतालाई बल मिल्ने आशा लिएको पनि उल्लेख गरेकी छन्।

डा. विमलकुमार सुवेदीद्वारा अनुदित एक सय २७ पृष्ठको उक्त पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.