झ्यालबाट मस्जिद हेर्दै, कोठामा नमाज पढ्दै

झ्यालबाट मस्जिद हेर्दै, कोठामा नमाज पढ्दै

स्याङ्जा : पुतलीबजार नगरपालिका ३ का मजिद मिया बिगत ३५ वर्षदेखि सामुहिकरुपमा रमजान मनाउँदै आएका छन् । वर्षको एक पटक सामुहिक रुपमा रमाइलो र खुसियाली साटासाट गरेर मनाइने पर्व यसपटक घरभित्रै मनाउनु पर्दा उनलाई नमजा लागेको छ। आफू बुझ्ने भएदेखि मस्जिदमा पुगेर मनाउँदै आएको रमजान यसपटक भने झ्यालबाट मस्जिद हेर्दै नमाज पढ्नु परेको छ ।   

उनको घरबाट २ मिनटमा पुग्न सकिने बाडखोलाको मस्जिद । यो मस्जिद अहिले बन्द छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले सबै धार्मिक स्थल बन्द गराएका कारण मस्जिद पनि बन्द गरिएका हुन् । मजिद जस्ता धेरै मुस्लिम यसरी नै घरमा बसेर रमजान पर्व मनाउने बाध्य छन् ।  

स्याङजाका सबै इस्लाम धर्मालम्बीले रमजान घरघरमा बसेर मनाउँदै छन् । शनिबारदेखि सुरु भएको इस्लाम धर्मालम्बीको महानपर्व रमजान कोरोना भाइरस संक्रमणका कारण घरमै मनाउन लागेका हुन । दैनिक मस्जिद गएर नमाज पढ्नु पर्ने नियमलाई लकडाउनका कारण घरमै बसेर पढ्न समुदायलाई सुचित गराएको गण्डकी प्रदेश मुस्लिम संघका सभापति शाह मोहम्मदले जानकारी दिए । 

अहिले हिजरी संवत १४४१ हो । रमजानको महीनामा मुस्लिमहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता छ । रमजानमा महिनाभर रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । आत्मसुधार र गल्तीका प्रायश्चित गर्ने चाडका रुपमा पनि यसलाई मनाइने गरिएको सभापति शाह मोहम्मदको भनाइ छ । मुस्लिम समुदायले एक महिनाभर  निराहार बस्दै पैगम्बरको स्मरण गर्दे नमाज कुरान पढ्ने उनी बताउँछन्।   

बिगतका वर्षमा आफ्ना नियमित काम सकेर एक महिने रमजानको अवधिभर दिउँसो मस्जिदमा गएर नमाज पढ्थे । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयभर केही पनि नखाइ सूर्यास्तपछि तोकिएको समयावधि पूरा गरेर मात्र खाने नियम छ । मुस्लिम समुदायले एक महिनाभर निराहार रोजा (व्रत) बसेर दिनको ५-६ पटक नमाज पढ्ने गर्छन । नमाजसँगसंगै कुरान पनि पढ्नु पर्ने बताइएको छ । 

‘कोही मुस्लिम बिरामी भएमा मजिस्दमा आउनुपर्ने छैन, उसले घरमै बसेर पनि नमाज, कुरान पढे पनि मस्जिदमा पुगेसरह हुन्छ’ भनी धार्मिक ग्रन्थमा उल्लेख  गरिएको छ ', बाडखोला—स्याङजा मुस्लिम समाजका अध्यक्ष शेर अली भन्छन्, 'अत्यावश्यक भएर मस्जिद आउनेलाई पनि सामाजिक दुरी कायम गरि भीडभाड हुन दिने छैनौं।'  

पहिलो दिन शनिबारको रोजा बिहानदेखि सुरु भइसकेको छ । विहानको नमाज पढीसकेका छन् । दिनभर ५ पटकको नमाज र साँझ झण्डै एक घण्टाको सवारी (विशेष प्राथना) सकेपछि मात्र एक दिनको रोजा सकिन्छ । यो क्रम हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । ससाना बालबालिका, बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहे पनि रोजाका निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ । 

अल्पसंख्यक समुदायमा रहेका मुस्लिम समुदायको स्याङजामा पनि बस्ती बाक्लिँदो छ । स्याङजा भर १०-११ वटा मस्जिद छन् । यहाँका मस्जिदमा ताला लगाइएको छ भने मुस्लिम समुदायमा घर घरमा बसेर रमजान मनाइरहेका मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेखले बताए । स्याङजामा इन्द्रेस, भीरकोट करुम, बयरघारी, वालिङ, राङखोला, रिङदी, गल्याङ लगायतका क्षेत्रमा मस्जिद छन् । सबै मुस्लिम समुदाय घर घरमै बसेर चाड मनाउने भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.