जिल्ला भित्रिएका क्‍वारेन्टाइनमा नबस्दा जोखिम

जिल्ला भित्रिएका क्‍वारेन्टाइनमा नबस्दा जोखिम

जाजरकोट : लामो लकडाउनले अलपत्र परेको भन्दै चार दिनअघि काठमाडौं लगायतका शहरबाट ल्याइएका मानिसहरू क्‍वारेन्टाइनमा नबस्दा कोरोना संक्रमणको जोखिम बढेको छ । मंगलबार, बुधबार र बिहीबार काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट करीब एक हजार बढी मानिसहरू जिल्लामा भित्रिएका छन् । तर कुनै पनि मानिस क्‍वारेन्टाइनमा नबस्दा कोरोना संक्रमणको जोखिम बढेको हो । 

अलपत्र परेको भन्दै पहुँचवाला नेताहरूले अनुमति पास गराइदिएपछि गाडीमा ठेलमठेल गरेर अलपत्र परेका विद्यार्थी, मजदुर कर्मचारी लगाएतका जिल्ला भित्रिएका हुन् । सत्तारुढ दलका नेता, सांसद र बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा पठाइएका ती मानिसहरूलाई होम क्‍वारेन्टाइनमा बस्न प्रहरीले निर्देशन दिए पनि पालना नगर्दा स्थानीय संक्रमण भित्रिने हो कि भन्ने डरमा छन् ।
  

अहिलेसम्म जिल्लाको अवस्था सामान्य रहेको भए पनि चार दिनदेखि जिल्लामा हजार  बढी मानिसहरू एकै साथ भित्रिएकोले यसले  चुनौति बढाएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैसीले बताए ।  उनले हालै जिल्लामा भित्रिकाहरूमा संक्रमण रहेछ र उनीहरू समाजमा मिसिएमा  संक्रमणको जोखिम धेरै हुने बताए ।  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले  ठुलो संख्यामा  मानिसहरू एकै पटक जिल्लामा भित्रिनु लक डाउनको नियमविपरीत भए पनि  अलपत्र परेकाहरूलाई  घर पुर्‍याउनै पर्ने बाध्यता रहेको बताए । 

उनले साँसदको  आग्रह र सर्वसाधारणको बाध्यतालाई मध्य नजर गरेर जिल्ला भित्रिन पाएका सर्वसाधारणलाई  स्थानीय सरकारहरूले  उचित  निगरानी र व्यवस्थापन गर्नु पर्ने बताए । तर समन्वय र स्थानीय सरकारको उदासीनतका कारण त्यसरी आएकाहरू भोकभोकै घर पुगेका छन् । गाडीले सदरमुकामसम्म छोडिदिएपछि भारी र साना नानीलाई काखमा च्यापेर मानिसहरू पैदलै घरतिर गएका छन् । बेखर्ची भएका उनीहरूलाई खानको ब्यवस्था नहुँदा भोकभोकै घरपुग्न परेको छ । परीक्षणसमेत नगरेर घर पठाउँदा थप जोखिम हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

नेताहरूले पहुँचका भरमा लकडाउन उलंघन गर्दै मानिसहरू रातारात  ओसारेको भन्दै स्थानीयले विरोध गरेका छन् । क्‍वारेन्टाइनमा बस्ने भनेर आएकाहरू समेत नबस्दा स्थानीयले विरोध गरेका हुन् । 

'स्थानीय तहले स्थापना गरेका क्‍वारेन्टाइनमा बस्ने र बसाल्ने त कुरै छोडौं होम क्‍वारेन्टाइनमा समेत बसेको पाइएन', भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले भने, ‘निर्वाध घुमफिर र भेटघाट गरिरहेका छन् । गाडीमा भएको एक जना मानिसमा पनि संक्रमण रहेछ भने सबैमा जोखिम हुन सक्छ । यसले गर्दा पछिल्लो समय थप जोखिम बढ्ने देखिन्छ ।’

कोरोना संक्रमण रोक्नका लागि  सरकारले जारी गरेको लक डाउन अवधिमा अहिलेसम्म भारत लगाएतका तेस्रो मुलुकबाट जाजरकोट भित्रिएका  कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण नभएको पाइएको छ । तर उद्दारको नाममा संक्रमण भित्रिन सक्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.