जाजरकोटमा खाद्य संकट : चामल लिन वडाको सिफारिस अनिवार्य

जाजरकोटमा खाद्य संकट : चामल लिन वडाको सिफारिस अनिवार्य

जाजरकोट : जाजरकोटको बारेकोट स्थित खाद्य डिपोबाट चामल लिन स्थानीयले वडा समितिको सिफारिस लिनु पर्ने भएको छ । गाँउमा खाद्य संकट चुलिँदै गएपछि बारेकोट गाँउपालिकाले यस्तो नियम लगाएको हो ।

 
गाँउपालिकामा खाद्य तथा व्यापार कम्पनी लिमिटेडको एक मात्र खाद्य डिपो छ । खाद्य संकटका कारण डिपोमा चामल लिनेको भीड बढ्न थालेपछि भीड रोक्न सिफारिसको व्यवस्था गरिएको गाँउपालिकाले जनाएको छ ।

दैनिक सयौंको संख्यामा खाद्य लिन मानिस जम्मा हुन थालेपछि कोरोनाको संक्रमण फैलिने र खाद्यान्न हुनेले पनि अनावश्यक स्टक गर्दा समस्यामा परेकाले नपाउने स्थिति देखिएपछि वडाको सिफारिसमा एउटा वडाले एक दिन मात्र पाउने गरी निर्णय गरिएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट जिल्लाको अति दुर्गम गाँउपालिका हो । यातायातको असुविधा र उत्पादन न्युन हुँदा वर्षेनी खाद्य संकट पर्ने बारेकोटमा लामो लकडाउनले झनै खाद्य संकट चुलिंदै गएको अध्यक्ष शाहको भनाइ छ । 

उनले भने, ‘घरमा खाद्यान्न हुँदाहुँदै पनि पैसा हुनेले डिपोबाट चामल खरिद गरेर चामलको अभाव हुन थालेपछि बारेकोटले वडाको सिफारिसमा मात्र चामल वितरण गर्ने व्यवस्था मिलाएको हो । अवस्था हेरेर मात्र वडाले सिफारिस दिनेछ । स्टक गर्न चामल किन्न रोक लगाइएको हो । हप्तामा एउटा वडाले एक दिन मात्र पाउनेछ । चामल पाउन कम्तिमा हप्तादिन कुर्नु पर्नेछ । डिपोमा एक सय क्विन्टलमा रहेको र मौज्दात सकिँदै गएपछि अति आवश्यक परेकालाई मात्र चामल दिन वडाको सिफारिस अनिवार्य गरिएको हो ।’

२६ हजार क्विन्टल चामल माग

बारेकोटमा मात्र होइन जाजरकोट जिल्लाभर खाद्य संकट देखिन थालेको छ । जिल्लामा खाद्यन्नको माग बढेपछि जिल्ला खाद्य व्यवस्था समितिले सरकारसँग थप २६ हजार क्विन्टल खाद्यान्नको माग गरेको छ । जिल्लामा मौज्दात चामलले खाद्य संकट टार्न नसक्ने भन्दै थप चामलको माग गरिएको हो । 

खाद्य व्यवस्था तथा व्ययापार कम्पनी लिमिटेडका डिपोमा पनि चामलको स्टक सकिँदै गएको र डिपो नजिक नहुँदा चामल लिन समस्या भएपछि थप सात ठाँउमा सहुलियत दरको चामलको व्यवस्था गर्न माग गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 

उनका अनुसार कुशेको टापुचौर र घरंगा, जुनीचाँदेको रजतरा, बारेकोटको काउले, शिवालयको शिवालय,  भेरीको पोख्रा र छेडागाडको काँडामा तीन-तीन हजारका दरले २१ हजार क्विन्टल खाद्यन्नको माग गरिएको छ । जिल्ला सदरमुकाम स्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोदाममा थप चार हजार क्विन्टल र जुनीचाँदे स्थित डिपोमा थप एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरि ढुवानी अनुदानका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र खाद्य तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 

'जिल्लामा संभावित खाद्य संकटलाई टार्न तत्काल २६ हजार क्विन्टल चामल पठाउन माग गरेका छौँ ', प्रजिअ पन्तले भने, 'डिपो थोरै र भौगोलिक रुपमा टाढा भएकोले नजिकैबाट चामल पाउने गरि व्यवस्था गर्न आग्रह गरेका हौँ ।’
 
जिल्लामा उत्पादित अन्नले मुस्किलले ६ महिना खान पुग्छ । अन्य महिना खाद्य तथा व्यापार कम्पनीकै चामलमा भरपर्नु पर्ने अवस्था छ । लकडाउनपछि खाद्यान्नको माग झन बढेको छ । निजी पसलमा खाद्यान्न आयात घटेपछि स्थानीय खाद्य डिपोकै चामलमा भर पर्न थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.