महाकालीमा हाम फालेकी महिलाको हेलिकोप्टरबाट उद्दार

महाकालीमा हाम फालेकी महिलाको हेलिकोप्टरबाट उद्दार

दार्चुला : महाकाली नदीमा हाम फालेकी महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि हेलीकोप्टरमार्फत उद्दार गरिएको छ। उनलाई थप उपचारका लागि कोहपुर लगिएको हो। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको  छ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु,स्थानीय प्रशासन र ब्यास गाउँपालिका अध्यक्षको संयुक्त पहलमा हेलिकोप्टरबाट उद्दार गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहराले बताए।आइतबार बिहानै महाकाली नदीमा बगिरहेको अवस्थामा प्रहरीले सपना ऐतवाललाई देखेपछि सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको ५० न गुल्म दार्चुलाका गुल्मपत‍ि दिपेन्द्र बिस्टले बताए।

ऐतवालको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिए।  ऐतवालको उद्धारका लागि नेपाली सेनाको एनए ०५५ नम्बरको हेलिकोप्टर दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा पुगेको थियो। घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.