कर्णालीमा कोरोनासँग जुध्न 'एकिकृत समूह'

कर्णालीमा कोरोनासँग जुध्न 'एकिकृत समूह'

सुर्खेतः कर्णालीमा कोरोना रोकथामका लागि एकिकृत समूह परिचालन गरिने भएको छ । प्रदेश सरकारले सबै स्थानीय तहमा कोरोनासँग जुध्न यस्तो समूह परिचालन गर्ने भएको हो । यसका लागि हरेक स्थानीय तहमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवक रहेको एकिकृत समूह गठन गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

प्रदेशमा हरेक स्थानीय तहमा एकिकृत समूह गठन हुनेछन् । यही समूहलाई स्थानीय तहमा कोरोना रोकथाम र नियन्त्रणका लागि परिचालन गरिने छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको वैठकले सबै स्थानीय तहमा सम्वन्धित तहका प्रमुखको संयोजकत्वमा संयुक्त समूह गठन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै कर्णालीका ७९ वटै स्थानीय तहमाएकिकृत समूह खटाइने भएको हो ।

स्थानीय तहमा परिचालन हुने यी समूहले पालिका स्तरमा कोरोना रोकथामका लागि स्वास्थ्य परीक्षणगर्न स्थानीयलाई उत्प्रेरित गर्नेछन् । साथै क्वारेन्टाइको व्यवस्थापनमासमेत यो समूहले सघाउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । त्यस्तैयही समूहले अब स्थानीय तहमा संक्रमित भेटिएको खण्डमाअस्पतालसम्म पुर्‍याउने छ । साथै बिरामीको मृत्यु भएको खण्डमा पनि शवको व्यवस्थापनसम्मको समन्वयगर्ने काम यही समूहले गर्ने प्रदेश सरकारले जनाएको छ । स्थानीय तहमा कोरोनासँग जुध्न अभियानलाई थप प्रभावकारी बनाउन यस्तो समूह गठन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै विपद् व्यस्थापन केन्द्रको बैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमा अस्थायी वसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा परेका र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर र नागरिकलाई सम्वन्धित प्रदेश, जिल्ला र गाउँसम्म सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा घर फर्कन दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी नेपालको पूर्वी तराई र भारतबाट कर्णाली प्रदेशमा आउने नागरिकले पहिले क्वारेन्टाइनमा बसेको प्रमाणपत्र सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने छ । अन्य जिल्लाका क्वारेन्टाइनमा बसी सुरक्षित तवरले प्रदेशभित्र प्रवेश गरेका नागरिकको हकमा क्वारेन्टाइनमा बसेको प्रमाणका आधारका मात्रै प्रदेश सरकारले जिल्ला र पालिकाहरूमा समन्वय गरी पठाउने निर्णय गरिएको छ ।

यदी पहिले क्वारेन्टाइनमा बसेको भएपनि प्रमाणपत्र नभएको खण्डमा भने पुनः क्वारेन्टाइनमा बस्नुपर्नेछ । प्रमाणपत्र नभएको खण्डमा भने त्यस्ता नागरिकहरूलाई सम्बन्धित जिल्ला र पालिकाहरूले अनिवार्य रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने समितिले निर्णय गरेको छ । 

बैठकमा मुख्यमन्त्री शाहीले कोरोना परीक्षणलाई तीव्र वनाउन पनि निर्देशन दिए । लकडाउनयता विभिन्न ठाउँबाट गाउँफर्किएका हरेक नागरिकको कोरोना परीक्षणलाई तीव्रता दिन सम्बन्धित निकायलाई उनले निर्देशन दिएका हुन् । साथै उनले कोरोना परीक्षणका लागि आवश्यक पर्ने र्‍यापिड टेस्टका लागि कीटलगायतका साम‍ग्रीको तत्काल आपूर्ति गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.