१६ जनाले जिते कोरोना : संक्रमितको संख्या ५१

१६ जनाले जिते कोरोना : संक्रमितको संख्या ५१

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्। 

पीसीआर विधिबाट ९ हजार ९ सय ३१  र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्।  पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। 

वीरगन्जमा आइतबार थप २ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको हो। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो। 

मन्त्रालयका अनुसार आइतबारसम्म १६ जनाले कोरोनालाई जितेका छन्। ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वीरगञ्जमा उपचार गराइरहेका पाँचमध्ये आइतबार चारजना डिस्चार्ज भएका छन्। रौतहटका एक १९ वर्षीय पुरुषसहित अन्य तीन पुरुषको आइतबार नारायणी अस्पतालबाट डिस्चार्ज भएको हो। 

शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज भएको थियो। उनले आठ दिनमै कोरोनालाई जितेका थिए। अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको थियो। 

मन्त्रालयका अनुसार अहिले अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ। अन्य संक्रमितमध्ये तीन जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ। 

अहिलेसम्म क्वारेन्टाइनमा १७ हजार बढी छन्।  उपत्यकामा ६ र बाहिर १०४ गरेर देशभर ११० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो। आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो। संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.