अस्पताल तालाबन्दी प्रकरण : उपप्रमुख थापा संयोजक रहने गरी छानविन समिति

अस्पताल तालाबन्दी प्रकरण : उपप्रमुख थापा संयोजक रहने गरी छानविन समिति

स्याङ्जा : गल्याङ नगर अस्पतालका कर्मचारी तालाबन्दी र आन्दोलनका विषयमा निष्पक्ष छानविन गरी उपयुक्त राय पेशा गर्ने भन्दै नगर स्तरीय छानविन समिति गठन भएको छ । गल्याङ नगर कार्यपालिकाको बैठकले उपप्रमुख देवीसरा थापाको संयोजकत्वमा छ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा ४ जना वडाध्यक्ष र एक जना नगरपालिकाका कर्मचारी छन् । 

समितिका अन्य सदस्यहरुमा नगरप्रबक्ता एवं वडा १ का अध्यक्ष गणेश बस्याल, २ का अध्यक्ष ईवप्रसाद कर्माचार्य, ७ का अध्यक्ष रामवीर गुरुङ, १० का अध्यक्ष ध्रुव शर्मा पङ्गेनी र सामाजिक शाखा प्रमुख थानापति न्यौपानेलाई चयन भएका हुन् । न्यौपानेलाई अस्पताल व्यवस्थापकको जिम्मा दिने निर्णय पनि सोही बैठकले गरेको छ ।

समितिलाई अस्पतालमा उत्पन्न परिस्थितिको बारे अध्ययन गरी उचित सुझाबसहित राय पेश गर्ने जिम्मा दिइएको हो । गएको बुधवार आठ महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीसहित १६ जना कर्मचारीले मागपत्रसहित गल्याङ नगर अस्पतालमा ताला लगाएका थिए । 

यसैबीच, गल्याङ नगर प्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गर्दै अस्पतालको विषयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आएको समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्व विभिन्न तरिकाले सामना गरिरहेको सन्दर्भमा आकस्मिक रुपमा आएको यो घटनाले आफू आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको प्रक्रियाभन्दा बाहिर गइ अस्पताल व्यवस्थापन समितिलाई लिखित तथा मौखिक कुनै किसिमका जानकारी नदिइ एकाएक अस्पताल बन्द गरिनु शंकास्पद रहेको उल्लेख छ । विषम परिस्थितिमा जुनसुकै बहानामा भए पनि यस्तो खालको घटना हुनु दुखद रहेको विज्ञप्तिमा छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.