विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने

विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने

काठमाडौं : कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ। आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि घोषणा गरिसकेको छ।

आईकाओको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० सेप्टेम्बरसम्म हवाई यात्रुको संख्यामा १ अर्ब २० करोडले कमी आउनेछ। यही अप्रिल २२ मा सार्वजनिक गरिएको प्रक्षेपणमा अन्तर्राष्ट्रिय रूपमै हवाई यात्रुको संख्यामा अघिल्लो वर्षको तुलनामा उक्त संख्यामा कम हुने उल्लेख छ।

हवाई यात्रुको संख्या अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रको क्षमताभन्दा एकतिहाइले घट्ने प्रक्षेपण गरिएको छ। यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आयमा पनि १ खर्ब ६० अर्बदेखि २ खर्ब ५३ अर्ब डलरसम्म कमी आउने जनाइएको छ।

उड्डयन क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा जोड्ने काम मात्रै नगरी रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिमा असर गर्ने हुन्छ। हरेक वर्ष ३ करोड ८० लाख व्यावसायिक उडानबाट ४८ हजार ५ सय रुटको प्रयोग गरी ४ अर्ब ३० करोड यात्रुले हवाई उडान गरेको एभिएसन बेनिफिट्स रिपोर्ट २०१९ ले जनाएको छ। यसबाट ६ करोड ५५ लाख जनाले रोजगारी पाएका थिए। २० खर्ब डलर आर्थिक गतिविधिसँगै विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ३.६ प्रतिशत योगदान दिँदै आएको छ। जुन ८ खर्ब ९७ अर्ब अमेरिकी डलर हो। आगामी दुई दशकमा ९ करोड ८० लाख रोजगारी सिर्जना गर्दै कुल ग्रार्हस्थ उत्पादनमा ५० खर्ब डलर योगदान गर्ने अपेक्षा गरिएको छ।

आईकाओको पछिल्लो प्रक्षेपणअनुसार युरोप र एसिया प्यासिफिकको उड्डयन क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछ। अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईटा)ले पनि मार्चमा उड्डयन क्षेत्रको राजस्व संकलनमा ५५ प्रतिशतले कमी आएको बताएको छ।

नेपालमा पनि कोरोनाका कारण बाह्य तथा आन्तरिक उडान डेढ महिनादेखि ठप्प छ। लकडाउनबीच ३३ वटा अन्तर्राष्ट्रिय उडान भने भएका छन्। उडान ठप्प हुँदा मासिक अर्ब रुपैयाँ घाटा व्यहोरिरहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३ सयभन्दा बढी ‘मुभमेन्ट्स’ हुँदा करिब १२ हजार यात्रु आउजाउ गर्थे। अहिले शून्य उडानसँगै यात्रुको चहलपहल पनि शून्य छ। नेपाल पर्यटन बोर्डको पछिल्लो सर्वेक्षणअनुसार आन्तरिक उड्डयन क्षेत्रमा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.