महाकालीबाट उद्दार गरिएकी महिलाको उपचारका क्रममा मृत्यु
दार्चुला : महाकाली नदीमा बगेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको महकाली नगरपालिकाको गल्फैमा महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
ऐतवालको उपचारको क्रममा आइतबार राती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र जोशीले बताए।
आइतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याएको थियो। तर, दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको ०५५ न हेलीकोप्टरमार्फत नेपालगञ्ज लगिएको थियो।