गाउँ भित्रिनेको लर्को

गाउँ भित्रिनेको लर्को

कालिकोट : लकडाउन अवधिमै कालिकोटका विभिन्न गाउँ भित्रिनेको लर्को लाग्न थालेको छ। देशका विभिन्न ठाउँबाट उद्धार गरी जिल्ला ल्याइएका नागरिक लर्को लागेर गाउँ छिर्न थालेका हुन्।

स्थानीय तहका जनप्रतिनिधिको पहलमा उद्धार गरिएका नागरिक क्‍वारेन्टाइनमा नबस्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको हो। एक सातायता जिल्लाका पलाँता, पचालझरना, सान्नीत्रिवेणी, नरहरीनाथ, महाँवै, शुभकालिका गाउँपालिकालगायत नौवटै स्थानीय तहले धमाधम संकटमा परेका नागरिकको उद्धार गर्न थालेका हुन्। काठमाडौं, नेपालगन्ज, सुर्खेत लगायतका विभिन्न सहरबाट अलपत्र नागरिकलाई उद्धार गरी जिल्ला ल्याउने क्रम बढेको हो। आफ्ना नागरिक अलपत्र परेको भन्दै स्थानीय तहले उद्धार गर्न थालेपछि गाडीमा ठेलमठेल नागरिक जिल्ला भित्रिन थालेका हुन्।

कोरोना संक्रमणको त्रासमा गाउँ आउन चाहानेलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्यकर्मीको सल्लाहमा घर पठाउनु पर्ने हो। तर क्वारेन्टाइनमा नबसी उद्धार गरिएका नागरिक गाउँ छिर्न थालेपछि सन्त्रास बढेको पचालझरना गाउँपालिका ८ का प्रेम टमट्टाले बताए। पचालझरना गाउँपालिकाले मात्रै विभिन्न ठाउँबाट उद्धार गरी दुई सयभन्दा बढी नागरिक गाउँ पुयाएको छ। हालसम्म जिल्लाको अवस्था सामान्य रहे पनि पछिल्लो समय स्थानीय तहले अव्यवस्थित रुपमा नागरिक उद्धार गर्न थालेपछि समस्या आउन सक्ने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए।

उनका अनुसार जिल्लामा हजारौं नागरिक भित्रिए पनि हाल सबै स्थानीय तह गरी एक सय ७२ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको पलाँता र सान्नीत्रिवेणी गाउँपालिकाले उद्धार गरिएका नागरिकलाई होम क्वारेन्टाइनमा राखिएको जनाएका छन्। तर स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृतसमेत रहेका महतले गाउँमा होम क्वारेन्टाइन राख्नुको औचित्य नभएको बताए। प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले स्थानीय तहले क्वारेन्टाइनमा राख्ने शर्तमा नागरिक उद्धार गरेर क्वारेन्टाइनमा नराख्नु प्रशासनको आग्रह अटेर गरेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.