पीपीइ लगाएका स्वास्थ्यकर्मीबाट खोप लगाइँदै

पीपीइ लगाएका स्वास्थ्यकर्मीबाट खोप लगाइँदै

स्याङ्जा : कोरोना भाइरसको संक्रमण देखाउँदै सरकारले गरेको लकडाउनका कारण स्थगित नियमित खोप कार्यक्रम स्याङजामा सुरु भएको छ।कोरोनाविरुद्धको अभियानसँगसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु भएको हो। सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी पीपीई लगाएर खोप कार्यक्रममा खटिएका छन् ।

लकडाउनका कारण बालबालिकाले लगाउनै पर्नै नियमित खोप कार्यक्रम स्थगन भएको  थियो । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत रहेको नियमित खोप सेवालाई जिल्लाका ११ वटै पालिकाका २ सय १५ स्वास्थ्य तथा खोपकेन्द्रबाट संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । 

जिल्लामा करिब ६ हजार ५ सय जना (जन्मेदेखि २ वर्षमुनिका बालबालिका)लाई ११ प्रकारका रोगविरुद्धको खोप दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका ११ वटै तहमा खोप तथा सुइको व्यवस्थापन गर्दै आएको छ । यहाँ ३ वटा अस्पतालसहित ७० वटा स्वास्थ्य संस्था, १७ वटा शहरी तथा सामुदायिक स्वास्थ्य केन्द्रसहित २ सय १५ वटा खोप केन्द्र रहेका छन् । 

स्वास्थ्य स्वयंसेविका तारा शर्माले बालबालिकालाई विभिन्न रोग लाग्नबाट सुरक्षित बनाउनेगरी बनाइएका यस्ता खोपहरु अहिलेको भाइरससँग जुध्नका निम्ति पनि अत्यावश्यक रहेको बताइन्।

सकारकाले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुर-रुबेला र निमोनिया रोगको विरुद्ध पिसिभि खोप दिँदै आएको छ । जोखिमपूर्ण जिल्लामा भने १२ महिनाका बालबालिकालाई जापानिज इन्सफलाइटिसको खोप तथा गर्भवती महिलाका लागि टीटी खोप उपलब्ध गराउँदै आएको छ।

सरकारले यी सबै खोपहरु निशुल्क उपलब्ध गराउँदै आएको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.