बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

भक्तपुर : आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको छ । २३ वर्षीय दाजुले वैशाख १३ गते बिहान सुतिरहेकी १४ वर्षीया बहिनीमाथि जबरजस्ती करणी गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दाजुबहिनी जिल्लाको मध्यपुर थिमी नपा ९ बोडेस्थित कृषि तालिम केन्द्र नजिकै आफन्तको जस्ताको टहरोमा बस्दै आएका थिए । साथै दाजुबहिनी एउटै कोठामा सुत्दै आएको प्रहरीले बताएको छ।

सिन्धुपाल्चोक घर भएका २३ वर्षीय दाजुले वैशाख १३ गते बिहानै आफ्नै सहोदर १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको किटानी जोहरी परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनका अनुसार दाजुले जबरजस्ती गर्न खोजेपछि बहिनीले प्रतिवाद गरेपछि टहरामा रहेका आफन्त ब्युँझिएका थिए । तत्काल आफन्त जाँदा दाजुले बहिनीलाई जबरजस्ती करणी गरेको अवस्था भेटाएर प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

दाजुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको उनी बताउँछन् । उनलाई जिल्ला अदालतमा पेस गरी अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ। पीडित बहिनीको मेडिकल जाँचपछि आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

दाजुमाथि जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले लकडाउन घोषणा गरेको करिब एक महिनापछि जिल्लामा यो नै पहिलो आपराधिक घटना घटेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.