धनगढीमा सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स

धनगढीमा सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स

धनगढी : लकडाउन अवधिमा धनगढी उपमहानगरपालिकामा सुत्केरी र गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ। आफ्नो नगरभित्रका अप्ठेरोमा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उपमेयर शुशिला मिश्र भट्टले जानकारी दिइन्।

सुत्केरी, गर्भवती र प्रशव अवस्थाका महिला जसको आर्थिक अवस्था कमजोर रहेको महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको उप मेयर भट्टले बताइन्। ‘उप-महानगरपालिका भित्र यो सुविधा लागू हुने छ’ उपमेयर भट्टले भनिन्, ‘धनगढी बाहिर जानलाई भने यो सेवा छैन।’ 

सुत्केरी, गर्भवती र प्रशब अवस्था भनेको अति संवेदनशील अवस्था भएकाले यस्तो व्यवस्था गरेको भट्टको भनाई छ। ‘लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति विपन्न र गरिव परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा निःशुल्क गरिएको हो’ उनले भनिन्। एम्बुलेन्स सेवाका लागि से १ च १२१८ नम्बरको एम्बुलेन्स तयारी अवस्थामा रहेको उपमहानगरले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.