कालिकोटमा ४ सय १ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट निगेटिभ

कालिकोटमा ४ सय १ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट निगेटिभ

कालिकोट : जिल्लामा कोरोना भाइरस संक्रमितको जाँच दोस्रो चरण सुरु गरिएको छ ।  विदेश तथा संक्रमित फेला परेका ठाउँबाट आएका मानिसहरुलाई लक्षित गर्दै बैशाख ९ गते पहिलो चरणको जाँच सम्पन्न भएको हो । स्वास्थ्यकर्मीको टोलीले सोमबारबाट दोस्रो चरणको कोरोना जाँच अभियान सुरु गरेको छ । 
    
भारत लगायत विभिन्न देशबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना संक्रमितको खोजीमा गाँउ गाँउ परिचालन भएको छ । पहिलो चरणको र्‍यापिड टेस्ट सम्पन्न गरी जिल्ला फर्किएको टोली पुन विदेश तथा संक्रमित फेला परेका ठाउँबाट आएकालाई लक्षित गर्दै गाँउमा परिचालन भएको हो ।
   
टोलीले मंगलबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी कुल ४ सय १ जना मानिसहरुको र्‍यापिड टेस्ट गरेको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार पहिलो चरण जिल्लाका ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्‍यापिड टेस्ट गरिएकोमा दोस्रो चरणको दुई दिनमा ९१ जना गरी जम्मा ४ सय १ जनाको र्‍यापिड टेस्ट गरिएको छ । उनका अनुसार ती सबै जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । 

उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ५५, शुभकालिका गाँउपालिकामा ३०, सान्नीत्रिवेणी गाँउपालिकामा ४१, रास्कोट नगरपालिकामा ६६, पलाँता गाँउपालिकामा १२, पचालझरना गाँउपालिकामा ३६, नरहरीनाथ गाँउपालिकामा ४९, तिलागुफा नगरपालिकामा २८ र महाँवै गाँउपालिकामा ८४ गरी जम्मा ४ सय १ जनाको र्‍यापिड टेस्ट गरिएको हो । यस्तै शुभकालिका गाँउपालिकामा ८० जना, रास्कोट नगरपालिकामा १४ जना, पचालझरना गाँउपालिकामा १ जना, नरहरीनाथ गाँउपालिकामा १ सय २३ जना, तिलागुफा नगरपालिकामा ३ सय ७९ जना र महाँवै गाँउपालिकामा १२ जना गरी जम्मा ६ सय ९ जना क्वारेन्टाइनमा छन् । धेरै संख्यामा मानिस भित्रिए पनि पलाँता गाँउपालिका, खाँडाचक्र नगरपालिका र सान्नीत्रिवेणी गाँउपालिकाले कसैलाई पनि क्वारेन्टाइनमा नराख्दा स्थानीयले विरोध जनाएका छन् ।   
    
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा गरी ११ जनाको स्वाब संकलन गरेको छ । ती सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका विदेशबाट तथा संक्रमित पहिचान भएको ठाँउबाट आएका मानिसहरु मध्य नमुनाका रुपमा र्‍यापिड टेस्ट गरिने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले बताए । उनले भने, 'पहिलो चरण ४ सय किट आएका थिए सकिए । दोस्रो चरणका लागि २ सय किटहरु आएका छन् । जिल्ला बाहिरबाट आएका सबै मानिसहरुको परीक्षण गर्न किट पुग्दैन । त्यसैले जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका लक्षित गर्दै एउटै गाडीमा आएका केही जनाको र्‍यापिड टेस्ट गरी सबैको अवस्था बुझिन थालिएको हो।'
     
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले पछिल्लो समय स्थानीय तहले अलपत्र परेकालाई उद्धार गरी ल्याएका सबै नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न नसक्दा कोरोनाको त्रास बढेको बताए । उनले स्वास्थ्यकर्मीहरुको टोलीलाई विदेशबाट आएका तथा कोरोना संक्रमित भएको ठाँउबाट आएका मानिसहरुलाई लक्षित गरी र्‍यापिड टेस्ट गर्न निर्देशन दिएको बताए । उनले भने, 'हालसम्म जिल्लामा समान्य छ । गाँउमा पछिल्लो समय धमाधम स्थानीय तहले उद्धार गरी तथा केही पैदल बाटोको प्रयोग गरी धेरै संख्यामा मानिसहरु भित्रिएका छन् । यसबाट जोखिम बढेको छ । तर पनि कोरोनाको लक्षण भएका बिरामीहरु जिल्लाभर हालसम्म नरहेको बुझिएको छ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.