म्याग्दीमा खोप सेवा एक महिनापछि सुरु

म्याग्दीमा खोप सेवा एक महिनापछि सुरु

बेनी : कोरोना (भाइरस) रोकथामका लागि सरकारले आव्हान गरेको बन्दाबन्दीका कारण स्थगित खोप सेवा म्याग्दीमा एक महिनापछि सुरु भएको छ। बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले संक्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा म्याग्दीमा बैशाख १२ गतेदेखि खोप कार्यक्रम सुरु भएको हो। बेनी अस्पतालमा हरेक महिनाको ४, १२, २० र २७ गते खोप कार्यक्रम सञ्चालन हुन्छ।

गाउँपालिकाकाहरुमा प्रत्येक महिनाको १ देखि १० गतेभित्र खोप कार्यक्रम सञ्चालन हुने समयतालिका छ। सरकारको पछिल्लो निर्णय अनुसार नियमित खोप सेवा सुरु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए। 'बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुले नियमित समयतालिका अनुसार खोप कार्यक्रम सञ्चालन गरेका छन,' उनले भने। दादुरा रुवेलाविरुद्धको खोप कार्यक्रमसमेत स्थगित भएको थियो।

धवलागिरी, मंगला र मालिका गाउँपालिकामा दादुरा रुवेला खोप अभियान सकिएको छ। बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दी सकिएपछि खोप अभियान चलाइने स्वास्थ्य कार्यालय प्रमुख लम्सालले बताए । स्वास्थ्य तथा जनसङया मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि मार्गदर्शनअनुसार म्याग्दीका ४५ वटै वडामा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ।

म्याग्दीमा दुई वर्षमुनिका करिब पाँच हजार बालबालिका नियमित खोप कार्यक्रममा आबद्ध रहेको बताइन्छ।बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने मार्गदर्शन जारी भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.